सिटको भागबण्डा मिलाउन कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं । सरकारमा रहेका दलहरूबीच आगामी प्रदेश र सङ्घको चुनाव केन्द्रीत सिट बाँडफाँडको बारेमा छलफल गर्न कार्यदलको बैठक आज पनि बस्दै छ। सत्ता गठबन्धनभित्र प्रदेश र प्रतिनिधि सभा चुनावका लागि सिट बाँडफाँटको विषय चुनौतीपूर्ण बन्दै गएको छ ।

केही दिन यता शीर्ष नेता र कार्यदलका सदस्यबीचमा यसबारेमा निरन्तर छलफल भइरहे पनि कुन दलले कति सिटमा उम्मेदवारी दिने भन्ने बारेमा टुङ्गो लाग्न नसकेका कारण आज फेरि बैठक बस्न लागेको हो।

Advertisement

यसअघि हिजो बसेको बैठकले सिट बाँडफाँडबारे सहमति जुटाउने भने पनि बैठक निस्कर्षविहीन भएको थियो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने आजको बैठकबाट सिट बाँडफाँटबारे टुङ्गोमा पुग्ने बताउनुभयो।

More News last news
Loading...