यी हुन् रवि लामिछानेको पार्टीका पदाधिकारी

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारी नियुक्त गरेको छ। सोमबार बसेको केन्द्रीय समितिको बैठकले सभापति लामिछानेको प्रस्तावमा केन्द्रीय सदस्यहरु डोल प्रसाद अर्याललाई उपसभापति, डाक्टर मुकुल ढकाललाई महामन्त्री, कविन्द्र बुर्लाकोटीलाई सह–महामन्त्री र बसुमाया तामाङलाई सह–कोषाध्यक्षमा नियुक्त गरेको हो।

बैठकले, आगामी निर्वाचन प्रयोजनका लागि केन्द्रीय सदस्य विपिन आचार्यको संयोजकत्वमा घोषणा पत्र तयारी समिति पनि गठन गरेको छ।

Advertisement

बैठकले हाल संसदमा रहेका राजनीतिक दलहरुबाहेकका दलहरु तथा गैरदलीय रुपमा उम्मेदवारी घोषणा गरेका सक्षम स्वतन्त्र नेपाली नागरिकहरुसँग सहकार्य गर्ने प्रयोजनका लागि केन्द्रीय सदस्य गणेश पराजुलीको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ।

त्यस्तै बेथिति विरुद्ध खबरदारी गर्ने उद्देश्यले केन्द्रीय सदस्य अधिवक्ता सोविता गौतमको संयोजकत्वमा र्‍यापिड एक्सन टिम गठन गरेको छ भने एक केन्द्रीय सदस्यको राजीनामा स्विकृत गर्दै उक्त ठाउँमा चितवनकी सविना विकलाई मनोनित गरेको छ।

More News last news
Loading...