अन्ततः नेपाली कांग्रेसका सांसद् प्रदीप गिरीको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको निधन भएको छ । गिरीको उपचारको क्रममा आज (शनिबार) नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो ।

सांसद समेत रहेका नेता गिरीको शनिबार राति ९ः ३६ मा निधन भएको अस्पतालका एक अधिकारीले बताए ।

Advertisement

काँग्रेसका नेता तथा समाजवादी चिन्तक समेत रहेका गिरी लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचार पश्चात् केही महिनाअघि नेपाल फर्किएका थिए।

घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरी गत ९ साउनमा मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । डा. पंकज बर्मन नेतृत्वको चिकित्सक टोली उनको उपचारमा संलग्न रहेको थियो।

More News last news
Loading...