काठमाडौँ l रोजगारीको लागि यूएई पुगेका गोरखाका एक युवकको मृत्यु भएको छ। गोरखाको भीमसेनथापा गाँउपालिका-८ बोर्लाङका २८ वर्षीया सीताराम गुरुङको उपचारका क्रममा यूएईको शारहजास्थित कुवेती अस्पतालमा मृत्यु भएको हो।
दुई वर्षभन्दा धेरै समयदेखि उनी यूएईको नेष्टो कम्पनीमा कार्यरत थिए। पछिल्लो समय ब्रेन हेम्ब्रेजका कारण अस्पताल भर्ना भएका थिए।
दुईसाता अघि कम्पनीमा काम गरिरहेकै अवस्थामा एक्कासी ढलेपछि उनलाई उपचारका लागि कुवेती अस्पतालमा भर्ना गरिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
