७२६ स्थानीय तहको नतिजा घोषणा, कुन दलले जिते कति पालिका ?

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको नतिजा अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार कुल ७५३ स्थानीय तहमध्ये हालसम्म ७२६ तहको अन्तिम नतिजा घोषणा भएको छ । अब २७ स्थानीय तहको नतिजा घोषणा हुन बाँकी रहेको आयोगले जनाएको छ ।

आयोगले जेठ ५ गते नै निर्वाचनको मतगणना सक्ने लक्ष्य लिएपनि विभिन्न कारणले गणना लम्बिएको छ । आयोगले १० गतेभित्र सबै तहको नतिजा सकिसक्न पुनः निर्देशन दिएको छ ।

Advertisement

२७ स्थानीय तहमध्ये अधिकांशको मतगणना अन्तिम चरणमा पुगेको छ । काठमाडौं र ललितपुरबाहेक भरतपुर, पोखरा र वीरगन्जको पनि मतगणना अन्तिम चरणमा पुगेको छ ।

हालसम्मको नतिजाअनुसार सबैभन्दा बढी स्थानीय तह जितेर काँग्रेस पहिलो पार्टी बन्दा एमाले तेस्रो र माओवादी केन्द्र तेस्रो बनेको छ । यस्तै जसपा चौथो दल बन्दा एकीकृत समाजवादी पार्टी पाँचौं स्थानमा पुगेको छ ।

More News last news
Loading...