फेरि फुट्यो चित्र बहादुर केसी नेतृत्वको जनमोर्चा, नयाँ अध्यक्षमा पौडेल

काठमाडौँ । चित्र बहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा पार्टी विभाजित भएको छ । यसअघि नेकपा मसालबाट नेकपा मसाल समन्वय समितिको केन्द्रीय समिति बनेको भए पनि आजबाट राष्ट्रिय जनमोर्चाको पनि समन्वय समिति बनेको हो ।

आज भर्चुअल माध्यमबाट सम्पन्न राष्ट्रिय जनमोर्चाको विशेष राष्ट्रिय भेलाबाट निर्वाचित राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिका अध्यक्ष कृष्णराज पौडेल, उपाध्यक्षहरू चिन्तामणि पौडेल, सूर्या थापा र सुरेन्द्र भण्डारी, महासचिव लालबहादुर जाग्री, कोषाध्यक्ष ओमबहादुर केसी र सचिव गौरीलाल कार्की रहेका छन्।

Advertisement

भेलाले ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको पत्रकार नारायण शर्माले जानकारी दिए । मूल पार्टीबाट छुटिएको अर्को समूह नेकपा मसाल केन्द्रीय समन्वय केन्द्र भने माओवादी केन्द्रमा समाहित भइसकेको छ । सो समूहका ६ जना माओवादी केन्द्रमा केन्द्रीय सदस्य बनिसकेका छन् ।

संघीयताको घोर विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चा यसअघिपनि पटक पटक विभाजित हुँदै आएको थियो।

More News last news
Loading...