काठमाडौँ । ज्योतिष शास्त्रअनुसार हरेक राशिको मनपर्ने नपर्ने गुण फरक फरक हुने गर्दछ । मानिन्छ कि हरेक राशिको आफ्नो कोही न कोही ग्रह स्वामी हुने गर्दछ । जसको प्रभाव सम्बन्धित राशिलाई पर्ने गर्दछ।
कुनै राशिहरु यस्ता हुने गर्दछन् कि जोसँग उनीहरु जोडिने गर्दछन् त्यस्ता व्यक्तिहरु आफुलाई अरुभन्दा धेरै राम्रो छु भनेर घमण्ड गर्दछन् । यस्ता व्यक्तिहरु छिट्टै कसैको पनि कुरा मान्दैनन् । जसका कारण कयौँ व्यक्तिहरु यिनीहरुको दस्मन बन्ने गर्दछन् ।
सिंह राशि :सिहं राशिका व्यक्तिहरु काफी समझदार र मिलनसार स्वभावका हुने गर्दछन् । यिनीहरुको स्वभाव अरुभन्दा आफुलाई सँधै राम्रो सम्झनु, आँफैले किनेको राम्रो हुनु, आँफैले भनेको राम्रो हुनु, आफुलाई ठूलो सम्झने गर्दछन् ।
जसका कारण यिनीहरु अरुले दिएको सल्लाह सुन्न मन पराउँदैनन् । यिनीहरुको यस्तो स्वभावको कारण धैरै चोटी समस्याहरुको सामना पनि गर्नुपर्दछ । यिनीहरुको यस्तै नेचरको कारण अन्य व्यक्तिले यस्ता व्यक्तिलाई घमण्डी भन्ने पनि गर्दछन् ।
कन्या राशि: यो राशिका मानिसहरु निकै संवेदनशील हुन्छन् । यिनीहरु कुनै पनि कुराको बारेमा चाँडै नराम्रो महसुस गर्छन्। यिनीहरु अरुको काममा केही न केही गल्ती निकाल्ने गर्दछन् तर यदि कसैले उनीहरुलाई आफ्नो गल्ती सुनायो भने सहन सक्दैनन् । उनीहरुमा आफूलाई अरुभन्दा राम्रो ठान्ने बानी पनि हुन्छ ।
धनु राशि: यो राशिका मानिसहरु स्वभावले निकै नम्र मानिन्छन् । यिनीहरु धेरै प्रतिभाशाली र प्रभावशाली पनि हुन्छन् । आफूलाई अरूभन्दा राम्रो ठान्छन्। यिनीहरु कसैको राय चाँडो लिन मन पराउँदैनन्। यी राशिका मानिसहरुलाई सही र गलतको राम्रो ज्ञान हुन्छ । यिनीहरुमा राम्रो निर्णय गर्ने क्षमता पनि हुन्छ । धनु राशिका व्यक्तिहरूमा बृहस्पति ग्रहको प्रभाव रहन्छ।
मीन राशि: यो राशिका मानिसहरुको स्वभाव धेरै फरक हुन्छ । यिनीहरु आफ्नै संसारमा बस्न रुचाउँछन् । जसका कारण धेरैले यिनीहरुलाई स्वार्थी मान्न थाल्छन् । यिनीहरुको साथीको संख्या पनि निकै कम छ । यिनीहरु सधैं आफूलाई अरू भन्दा राम्रो ठान्छन्। (एमएएन डटकम (हिन्दी) बाट नयाँपुस्ताले गरेको नेपाली अनुवाद)
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
