छोराको विवाहमा आउन ठिक्क परेका शुकदेव दुवईमै अस्ताए

सप्तरी । वैदेशिक रोजगारीको शिलशिलामा दुबईमा कार्यरत एक नेपालीको ज्यान गएको छ ।

अग्नि साइर कृष्णा सवरण गाउँपालिका–६ का एक युवकको वैदेशिक रोजगारको क्रममा ज्यान गएको हो । ज्यान गुमाउनेमा नौ वर्षदेखि वैदेशिक रोजगारीमा रहेका ४७ वर्षीय शुकदेव चौधरी रहेका छन्।

Advertisement

एक महिनाअघि दुबईमा ज्यान गुमाएका चौधरीको शव सोमबार घर ल्याइएको छ। आगामी फागुनमा उनका छोराको विवाह तय भएको थियो । छोराको विवाहमा चौधरी घर आउने तयारीमा थिए।

तर, उनको मंसिरमा दुबईमै ज्यान गएको छ । उनका दुई छोरा र पत्नी छन् ।

More News last news
Loading...