रोटरी न्यातपोलको सडक सुरक्षा सम्बन्धि सचेतता कार्यक्रम

काठमाडौँ । रोटरी न्यातपोलले सडक सुरक्षा सम्बन्धि सचेतता कार्यक्रम सम्पन्न गरेको छ। सडक दुर्घटना न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको रोटरी न्यातपोलका सामाजिक सेवा समितिका सम्योजक प्रवीण महर्जनले बताए।

काठमाडौको अलोफ्ट होटलमा सनिवार बिहान आयोजना गरिएको कार्यक्रममा रोटरी क्लब अफ दरवारमार्गका सदस्य नुगल बैद्यले सडक सुरक्षाको बिषयमा प्रशिक्षण दिएका थिए।

Advertisement

सडक दुर्घटना मानबिय लापरबाही गरेका कारण दुर्घटना बढि भएका कारण चालकहरु मुख्य सचेत हुनुपर्ने बैद्यले बताए।स्थानिय सरकारले सडक सुरक्षामा अझ ध्यान दिएर अभियान बढाउन सकेमा सडक दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने बैद्य बताउँछन्।

बिदेशमा हुने दुर्घटना समेतलाई मद्यनजर बिदेश जाने नेपालीलाई रोड सुरक्षा सम्बन्धि सचेतना दिन आवस्यक रहेको बैद्यको तर्क छ।

रोटरी न्यातपोल डेढ बर्ष अगाडि सामाजिक सेवाको भावले प्रेरित भइ रोटरी इन्टरनेशनल मातहत स्थापना भएको सँस्था हो।

More News last news
Loading...