काठमाडौँ । काठमाडौँको कंलकीमा भ्यानको ठक्करबाट एक जना पैदलयात्री गम्भीर घाइते भएका छन्।
मकवानपुरको बागमती गाउँपालिका–३ झुरझुरे घर भई ललितपुरको नख्खु बस्दै आएका ३३ वर्षीय जिम्बा लामा भ्यानको ठक्करबाट घाइते भएका हुन्।
लामाको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। टाउको र खुट्टामा चोट लागेका लामाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
मंगलबार राति करिब साढे १० बजे नम्बर खुल्न नसकेको सेतो भ्यानले लामालाई ठक्कर दिएको थियो।
शंकास्पद एउटा भ्यान र त्यसका चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ। अनुसन्धानका लागि सीसीटीभीको पनि सहायता लिइएको प्रहरीले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
