काठमाडौँ । नेपाली कांग्रेस ललितपुर सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले अर्का प्रतिस्पर्धी रामकृष्ण चित्रकारलाई १२ मतान्तरले पराजित गरेका हुन्।
आइतबार भएको दोस्रो चरणको मतदानमा श्रेष्ठले ६ सय ६५ र चित्रकारले ६ सय ५३ मत पाएका छन्।
श्रेष्ठलाई देउवा समूहका जितजंग बस्नेत, उदयशमशेर जबरालगायतको समर्थन थियो। चित्रकारलाई वर्तमान सभापति मदन अमात्यलगायतले साथ दिएका थिए।
आठराई गाउँपालिकामा माओवादी केन्द्रको नेतृत्व सर्वसहमत
नेकपा माओवादी केन्द्र आठराई गाउँपालिकाको दोस्रो पालिका सम्मेलनले नयाँ नेतृत्व सर्वसहमत चयन गरेको छ। सम्मेलनले गणेश विमलीको अध्यक्षतामा ५५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
त्यस्तै उपाध्यक्ष जयकुमार कन्दङवा, रमिला फुयाँल र रत्नमणि ओली चयन भएका छन्। सचिव रुद्र फोम्बो ,सहसचिव सागर थिङलाबु र कोषाध्यक्ष अन्जना पौठाक चयन भएको माओवादी केन्द्र जिल्ला समन्वय समिती तेह्रथुमका संयोजक इन्द्र इम्सङले जानकारी दिए।
जिल्लाको ४३ वटै वडामा सर्वसहमत नेतृत्व चयन गरेको माओवादी केन्द्र तेह्रथुमले शनिबार देखि पालिका सम्मेलन सुरु गरेको जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
