प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध

काठमाडौं । पत्रकार गोविन्द परियार कांग्रेस महाधिवेशन प्रतिनिधि पदमा निर्वाचित भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार समेत रहेका परियार काठमाडौं निर्वाचन क्षेत्र नं छ बाट नेपाली कांग्रेसको १४ औ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि पदमा निर्विरोध चयन भएका हुन्।

Advertisement

यधपी, निर्वाचन समितिले आधिकारिक घोषणाा गर्न भने बाँकी छ। तनहुँ स्थायी घर भएपनि परियार काठमाडौं केन्द्रित राजनीतिमा सक्रिय रहँदै आएका छन् ।

लामो समयदेखि पत्रकारितामा क्रियाशिल रहेका परियारले यसअघि देउवा प्रधानमन्त्री हुँदा समेत सन्चार बिज्ञ रहेका थिए ।

More News last news
Loading...