काठमाडौँ । सल्यानमा बस दुर्घटना हुँदा तिहार मानेर घर फर्किदै गरेका ८ जनाको ज्यान गएको छ।
सल्यानबाट तुलसीपुर जाँदै गरेको रा१ख २५५२ नम्बरको बस सल्यानको बिहान ११ बजेति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी गोविन्द थापाले जानकारी दिए।
बस सल्यानको कपुरकोट गाउँपालिका– ५ खारखोलामा दुर्घटना भएको हो । प्रहरीका अनुसार बस २०० मिटर तल खसेको छ ।
अहिले उद्धारको काम चलिरहेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि सल्यानकै श्रीनगर लिइएको छ ।
दुर्घटनामा ज्यान गुमाउने र घाइते हुनेमा तिहार मानेर घर फर्किदै गरेका यात्रुहरु रहेका छन्। चार्ड पर्वका बेला सवारी दुर्घटना बढी हुने गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
