काठमाडौं । काठमाडौं जिल्लामा राति ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार विज्ञप्ति जारी गर्दै सभ्य एवं शान्तिपूर्ण रूपमा राति ९ बजेसम्म देउसी–भैलो खेल्न पाइने जनाएको हो।
प्रशासनले कोभिड–१९ संक्रमण हुन नदिन स्वास्थ्य मापदण्ड पालना गर्दै देउसी खेल्न सूचना जारी गरेको हो।
पटका, आतसवाजीजस्ता विस्फोटक एवं प्रज्वलनशील पदार्थ उत्पादन, ओसारपोसार, विक्री वितरण तथा प्रयोग नगर्न समेत प्रशासनले निर्देशन दिएको छ।
यसैगरी प्रशासनले मादक पदार्थ लगायतका नशालु पदार्थ सेवन गरी पर्वमको समयमासार्वजनिक स्थलमा होहल्ला, झगडा नगर्न सचेत गराउँदै त्यस्ता गतिविधि गरेमा कारबाही गर्ने चेतावनी समेत दिएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
