यी तीन युवाले गरे पत्याउनै नसक्ने काम, होटलबाट पक्राउ परेपछी खुल्यो यस्तो रहस्य

काठमाडौं । एक होटलमा साढे ८ लाख रुपैयाँसहित तीन जना युवा फेला परे । उक्त रकमबारे सोध्दा उनीहरुसँग कुनै स्रोत देखिएन । स्रोत नखुलेको साढे ८ लाखसहित तीन जनालाई प्रहरीले अहिले पक्राउ गरेको छ।

धनगढी बसपार्कमा रहेको होटल अमन प्लाजाबाट ८ लाख ६९ हजार रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले जानकारी दिनुभयो।

Advertisement

उहाँका अनुसार पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका–१ कोटदेबलका २२ वर्षीय मुकेश खड्का, १८ वर्षीय किरण खड्का र २४ वर्षीय नारायण खड्का रहेका छन् ।

उनीहरुलाई विशेष सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो ।

उनीहरूको साथबाट तीन हजार दुई सय भारतीय रूपैयाँ, ३४ ग्राम ३६० मिलिग्राम सुनका गरगहना र ७३७ ग्राम ७८० मिलिग्राम बराबरका चाँदीका विभिन्न गरगहन पनि बरामद गरिएको डीएसपी विष्टले बताउनुभयो।

नगद र गरगहनासहित पक्राउ परेका उनीहरूलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिनुभयो। उक्त रकम उनीहरु भारतीयसँगको साँठगाँठमा जम्मा गरेको हुनसक्ने अनुसन्धानमा देखिएको छ।

More News last news
Loading...