धादिङको सुरुङमार्गमा ट्रकको ठक्करबाट युवकको ज्यान गयो

काठमाडौं । धादिङको धुनिबेशी नगरपालिका-९ सुरुङमार्गमा बिहीबार साँझ ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सुरुङमार्गमा काम गर्ने धादिङकै धुनिबेशी नगरपालिका-९ कानकोटका २९ वर्षीय ओमकृष्ण पाण्डे रहेका छन् ।

Advertisement

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुरुङमार्गमा हिजो बेलुकी सवा ८ बजे भारतीय नम्बरको ड्रम ट्रकले उनलाई ठक्कर दिएको थियो।

ट्रक चालक फरार भएकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

More News last news
Loading...