आज देशभर ५९१ कोरोना संक्रमित थपिए, २ को ज्यान गयो, कुन उमेर समुहका कति ?

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८४८ जनाको पीसीआर परीक्षणमा ५२७ र २ हजार ५०७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६४ जनामा कोरोना पुष्टि भएको छ।

Advertisement

पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ६६४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ।

निको हुने दर ९७ दशमलब ३ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ।

काठमाडौं उपत्यकामा १९९ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १५७ जना, भक्तपुरमा १२ जना र ललितपुरमा ३० जना कोरोना संक्रमित थपिएका हुन्।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण :

०–१० वर्ष – ७

११–२० वर्ष – ४१

२१–३० वर्ष – १२६

३१–४० वर्ष – १२५

४१–५० वर्ष – ९०

५१–६० वर्ष – ६३

६१–७० वर्ष –४०

७१–८० वर्ष – २४

८० वर्षभन्दा माथि – ११

अज्ञात–०

More News last news
Loading...