काठमाडौं । आजदेखि काठमाडौका आठ स्थानीय तहमा एस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाइने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार आजदेखि कार्तिक ११ गतेसम्म तिन दिनका लागि कीर्तिपुर, चन्द्रागिरी, नागार्जुन, कागेश्वरी, तारकेश्वर, टोखा र गोकर्णेश्वर नगरपालिकामा दोस्रो मात्रा खोप लगाइनेछ ।
पहिलो डोज एस्ट्राजेनेका लगाएका ब्यक्तिहरुले दोश्रो मात्रा लगाउन पाउने भएका हुन् । काठमाडौ महानगरपालिकामा भने भोली देखि खोप लगाइने छ ।
वीर, परोपकार प्रसूती तथा स्त्री रोग, वीरेन्द्र सैनिक र निजामती अस्पतालमा दुई दिनसम्म खोप कार्यक्रम सञ्चालन हुने सूचनामा उल्लेख छ ।
यसअघि सरकारले असोज ९ देखि १२ गतेसम्म काठमाडौंका विभिन्न १४४ खोप केन्द्रबाट एस्ट्रेजेनेका खोपको पहिलो मात्रा लगाएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
