नेपाली कांग्रेस धादिङका पूर्वजिल्ला सदस्य जोमसाइ घलेको निधन

धादिङ बेसी । नेपाली काँग्रेस धादिङका पूर्वजिल्ला सदस्य जोमसाइ घलेको निधन भएको छ। आज (सोमबार) उपचारका लागि काठमाडौं लैजाने तयारी हुँदै गर्दा बिहानै निधन भएको परिवारिक स्रोतले जनाएको छ । हृदयघातका कारण ६५ वर्षीय घलेको निधन भएको हो ।

स्वर्गीय घले नेपाली कांग्रेस, प्रतिनिधिसभा क्षेत्र नं २ धादिङका क्षेत्रीय सदस्य एवम नेपाल विद्यार्थी संघ, धादिङका पूर्वसचिव डेविड घलेका पिता हन् । घलेको निधन प्रति दुःख व्यक्त गर्दै नेपाली कांग्रेस धादिङले आफ्नो पार्टीको संगठन र लोकतान्त्रिक आन्दोलनलाई अपूरणीय क्षति पुगेको भन्दै दुख व्यक्त गरेको छ ।

Advertisement

विज्ञप्तिमा, कुशल संगठक र इमान्दार एवम् अनुभवी नेता गुमाएको छ । घलेको निधन प्रति शोक व्यक्त गर्दै मृतक प्रति हार्दिक श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा समबेदना व्यक्त गर्दछौँ ।

यसैगरी, काँग्रेसका सभापति शेर बहादुर देउवाले पनि एक शोक वक्तव्य जारी गर्दै नेता घलेको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भनेका छन्, – “नेपाली कांग्रेस जिल्ला कार्यसमिति धादिङ्गका पूर्व जिल्ला सदस्य जोमसाइ घलेको निधनको खबरले मलाई अत्यन्त दुःखीत बनाएको छ । उनको निधनबाट नेपाली कांग्रेसले एक असल र निष्ठावान नेतालाई गुमाएको छ । नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उनले पुर्‍याएको सक्रिय योगदानको स्मरण गर्दै उनीप्रति भावपूणर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, उनको आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।”

स्वर्गिय घलेका श्रीमती, तीन छोरा र तीन छोरी छन् ।

More News last news
Loading...