ललितपुरको घुसेलबाट ३९ वर्षीय पुरुष पक्राउ ! आफैँलाई कन्ट्रोल गर्न नसक्दा दशैँ बिग्रीयो

काठमाडौं । ललितपुरमा जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ परेका छन् । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बागमती गाउँपालिका १ घुसेल बस्ने ३९ वर्षीय हरिशरण सत्याललाई सोमबार बिहान पक्राउ परेका हुन् ।

सत्यालले ती महिलालाई घर बनाउने काममा लगाएका थिए। सोमबार त्यहीँ खाना बनाउने ठाउँमा बसिरहेकी महिलामाथि एक्कासि जबरजस्ती करणी गरेको भन्ने खबर महानगरीय प्रहरी वृत्त चापागाउँले पाएको थियो।

Advertisement

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यस्तै, दसैँको लागि पिङ बनाउने क्रममा लिंगोबाट लड्दा मकवानपुरमा एकजनाको मृत्यु भएको छ।

भीमफेदी गाउँपालिका ६ मा पिङ थाप्ने क्रममा लिंगोबाट लडेर स्थानीय ५३ पर्षीय प्रेम लामाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सोमबार साँझ पिङबाट लडेर गम्भीर घाइते भएका लामालाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

More News last news
Loading...