असोज ९ गते नै पालिका अधिवेशन गर्ने काँग्रेसको निर्णय

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठकले असोज ९ गते नै पालिका अधिवेशन गर्ने निर्णय गरेको छ।

बुधबार सिंहदरवारमा बसेको पार्टीको पदाधिकारी बैठकले पूर्वनिर्धारित समय (९ गते) नै पार्टीको पालिकास्तरीय अधिवेशन गर्ने निर्णय गरेको हो।

Advertisement

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले अधिवेशनका अवरुद्ध प्रक्रियाहरुलाई सहमतिपूर्वक निकास दिँदै जाने र अघि बढीसकेका प्रक्रियाहरुलाई निश्चित टुंगो गर्ने निर्णय गरेको बताए ।

उनले पार्टीले ९ गतेसम्म पार्टीको क्रियाशील सदस्य टुंगो लगाउने निर्णय भएको पनि बताए । उनले पार्टीको पालिका स्तरीय अधिवेशन पछिका अन्य अधिवेशनहरुको हकमा केन्द्रिय समितिले आवश्यक्ता अनुसार अघि बढाउँदै जाने निर्णय भएको समेत बताए ।

प्रवक्ता शर्माले देशभरका नेपाली कांग्रेसका कार्यकर्ताहरुलार्ई ९ गतेको पालिका अधिवेशनलाई उत्साहपूर्वक अघि बढाउन आग्रह गरे।

उनले सर्वसम्मत रुपमा पदाधिकारी निर्वाचित हुने ठाउँमा सर्वसम्मतिको प्रक्रिया र नहुने स्थानमा लोकतान्त्रिक स्वस्थ अभ्यासको वातावरणबाट टुंगो लगाउन अपील पनि गरे।

More News last news
Loading...