काठमाडौ । नेकपा एमाले उपाध्यक्ष एवं बाग्मतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीलाई अन्तरपार्टी निर्देशन पालना गर्न आग्रह गरेकी छन्।
काठमाडौंमा बिहीबार आयोजित पार्टी भेलालाई सम्बोधन गर्दै शाक्यले जालझेल नगरी सहमति अनुसार २०७५ जेठ २ मा फर्किएर अघि बढ्न अध्यक्ष ओलीलाई आग्रह गरेकी हुन्।
हिजो छाती कमजोर थियो। आज छाती बलियो बनाउनुपर्छ। अन्तरपार्टी निर्देशन अक्षरशः पालना गर्नुपर्छ।’
नेकपा एमालेलाई बचाउन आवश्यक रहेको बताउदै उनले नेतृत्वले फराकिलो सोंच बनाउनुपर्नेमा जोड दिए।
नेकपा (एमाले) दुई पार्टीमा विभाजित भएपनि अन्तिम समयसम्म नेपाल समुहमा रहेका अष्टलक्ष्मी शाक्य, भीम रावल लगायतका झण्डै दर्जन नेताहरु १० बुँदे कार्यानयन गर्न माग गर्दै एमालेमै संघर्ष गरिरहेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
