काठमाडौँ । चर्चित नायक निखिल उप्रेती राजनीतिमा प्रवेश गरेका छन् । भदौ १४ गते पत्रकार देवप्रकाश त्रिपाठीको संयोजकत्वमा एकीकृत शक्ति नेपाल गठन भएको छ । नायक उप्रेती यसै पार्टीबाट राजनीतिक मैदानमा उत्रिएका हुन् ।
यो संगठन पार्टीमा रुपान्तरण गर्ने उदेश्य रहेको छ । राजनीतिक पार्टी बनाउने उद्देश्यले संगठनकोे घोषणा गरिए पनि शुरूमा पार्टी भनिएको छैन । संगठनको घोषणा पत्र पढ्दै निखिल उप्रेती आवद्व ‘पार्टी एकीकृत शक्ति नेपाल’ले सनातन हिन्दू धर्मको रक्षा, संघीयताको खारेजीलगायतका माग राखेका हुन्।
नवगठित एकीकृत शक्ति नेपालका पदाधिकारीले काठमाडौंको भद्रकाली मन्दिर प्राङ्गणमा उभिएर पद तथा गोपनीयताको शपथ लिएका छन्। श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर सोमवार वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीको संयोजकत्वमा एकीकृत शक्ति नेपालको घोषणा गरिएको हो।
यही पार्टीमा अन्य कलाकारहरु पनि आवद्व हुने चर्चा छ । आवद्व हुनेहरुमा नायिका मनिषा कोइराला र स्वेता खड्का पनि छन् । काठमाडौंको एक पार्टी प्यालेसमा संगठनको घोषणा गरेर पदाधिकारीहरू भद्रकाली मन्दिरमा गएर शपथ गरेका हुन्।
त्रिपाठीसहित डा. रामप्रसाद उप्रेतीलगायतलाई धर्मगुरुहरूले शपथ गराएका हुन् । नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहको तस्वीर ब्यानरमा राखेर एकीकृत शक्ति नेपाल घोषणा गरिएको हो । उनीहरुले ठूलो पानी परेका कारण छाता आडेरै शपथ लिएका छन् ।
सनातन हिन्दू धर्मको रक्षा, संघीयताको खारेजीलगायतका माग राखी एकीकृत शक्ति नेपाल घोषणा गरिएको हो । राजनीतिक पार्टी बनाउने उद्देश्यले संगठनकोे घोषणा गरिए पनि शुरूमा पार्टी भनिएको छैन।
हिन्दु धर्म सापेक्ष, राजसंस्था र मौलिक नीतिको एजेण्डासहित वरिष्ठ पत्रकार देव प्रकाश त्रिपाठीको नेतृत्वमा एकीकृत शक्ति, नेपाल घोषणा गरेका हुन् । उक्त पार्टीमा १५ पदाधिकारी र २४ सदस्य रहेको जानकारी दिइएको छ । माता जया शर्माको सभापतित्वमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा डा. रामप्रसााद उप्रेती, नायक निखिल उप्रेती, गुरु बलभद्र लगायत सहभागी थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
