पार्टी फोर्नासाथ माधवले सत्तामा पाए भाग, यादव शर्मा वागमती प्रमुख नियुक्त

काठमाडौँ । सरकारले वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई हटाएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले प्रसाईलाई हटाएर उनको ठाउँमा यादवचन्द्र शर्मालाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

Advertisement

एमाले विभाजन गरेर अर्को पार्टी खोल्नेबित्तिकै गठबन्धन सरकारले माधव नेपाललाई सत्तामा जिम्मेवारी दिन शुरू गरेको छ ।

शर्मा माधव नेपाल प्रधानमन्त्री हुँदा प्रमुख स्वकीय सचिव थिए भने नेपाल नेतृत्वको एमाले विभागका सचिव थिए ।

माधव नेपालका सदावहार सहयोगी शर्मालाई उहाँले राजदूत बनाउनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई आग्रह गरेका थिए ।

तर ओलीले शर्माको साटो माधव नेपाल निकटकै एमाले नेता बंशीधर मिश्रलाई बंगलादेशको राजदूत बनाएका थिए । पदमुक्त भएका विष्णु प्रसाई पनि एमालेकै नेता हुन्।

More News last news
Loading...