क्वालालम्पुर । वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा बिगत १२ बर्षदेखि कार्यरत नेपाली श्रमिक हेम बहादुर घर्ती क्षेत्रीको कोरोना संक्रमिणबाट ज्यान गएको छ ।
नेपाल ठेगाना बागलुङ जिल्लाको साबिक सिगाना गाबिस वडा नम्बर ३ र हाल बागलुङ नगरपालिका ८ राम्चे निवासी ४५ बर्षिय नेपाली श्रमिक हेम बहादुर घर्ती क्षेत्रीको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
कोरोनाबाट मृत्यु भएका हेम बहादुर मलेसियाको साहआलममा अवस्थित मार्वलको सामाग्री उत्पादन तथा बिक्रीबितरण गर्ने कम्पनीमा बैधानिक हैसियतमै काम गर्दै आएका थिए।
स्वदेश फर्किने तयारीमा रहेका स्वरुपलाल उतै अस्ताए
केही दिन अघि मलेसियामा एक नेपाली श्रमीकले आत्महत्या गरेका थिए । पारिवारिक मनमुटाव, घरायसी तनावले ४ वर्षदेखि मलेसियामा रहँदै आएका स्वरुपलाल मुखियाले आत्महत्या गरेका हुन।
यसअघि गत शनिबार पनि मलेसियामा कार्यरत एकजना नेपाली श्रमिकले आफू बस्ने कोठाको पँङ्खामा पासो लगाएर आत्महत्या गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
