एमाले अध्यक्ष ओलीले बोलाए स्थायी कमिटी र संसदीय दलको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले) को स्थायी कमिटी र संसदीय दलको आकस्मिक बैठक आज बस्दै छ । संसद् अधिवेशन अन्त्य गरिएपछि विकसित राजनीतिक परिस्थितिका कारण एमालेले दुवै बैठक बोलाएको हो।

स्थायी कमिटी बैठक बिहान ११ बजे बोलाइएको छ । त्यो बैठक सकिएलगत्तै संसदीय दलको बैठक बस्नेछ । दुवै बैठक बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने जानकारी दिइएको छ।

Advertisement

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार आजको बैठकमा माधवकुमार नेपालपक्षलाई पनि बोलाइएको छ।

सोमबार संसद अधिवेशन अन्त्य भएसँगै माधव नेपाल पक्षलाई अलग्याउने गरी पार्टी फुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश ल्याउन सक्ने आशंकाले एमालेभित्र तरंग पैदा भएको छ। यस्तो अवस्थामा एकताका लागि एक हुन नेता कार्यकर्तालाई अपिल गर्दै ओलीले बैठक बोलाएका हुन् ।

ओलीले गएराति ५ बुँदे वक्तव्य जारी गर्दै पार्टी फुटाउने षड्यन्त्र मान्य र क्षम्य नहुने बताएका छन् । संसद अधिवेशन हठात अन्त्य गर्ने र अध्यादेशमार्फत दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर एमाले विभाजन गर्न खोजेको भन्दै आपत्तिसमेत प्रकट गरेका छन्।

More News last news
Loading...