काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी २ सय ९९ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ। पार्टीको केन्द्रिय कार्यालय पेरिसडाँडामा जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तावित अन्तरिम विधान–२०७८ छलफका लागि पेस गरिएको छ।
प्रस्तावित उक्त अन्तरिम विधानमा पार्टीको केन्द्रीय कमिटी २ सय ९९ सदस्यीय हुने उल्लेख गरिएको हो। उक्त कमिटिको पदाधिकारी अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव रहने विधानमा उललेख छ।
अन्तरिम विधानमा प्रस्ताव गरिएअनुसार केन्द्रीय समितिको कुल सदस्य संख्याको बढीमा एक तिहाइ सदस्य रहेको पोलिटब्युरो समिति बनाइनेछ भने पोलिटब्युरोमा रहेको कुल सदस्य संख्याको बढीमा एक तिहाइ सदस्य रहने गरी स्थायी समिति बनाइनेछ।
दैनिक कार्य सञ्चालनका लागि पार्टी अध्यक्षको नेतृत्वमा उपाध्यक्ष र महासचिवसहित आवश्यक संख्यामा सदस्यहरू राखेर एक केन्द्रीय कार्यालय बनाउने पनि प्रस्तावित विधानमा उल्लेख छ।
पार्टीको राष्ट्रिय महाधिवेशन पाँच वर्षमा सम्पन्न गर्ने अन्तरिम विधानमा उल्लेख छ। विशेष परिस्थितिमा केन्द्रीय कमिटीको स्पष्टीकरणसहित महाधिवेशन ६ महिना सार्न सकिने पनि उललेख छ।
तर एमाले र माओवादी केन्द्र मिलेर २०७५ जेठ ३ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भई २०७७ फागुन २३ गतेसम्म कायम रहेको समय भने प्रस्तावित महाधिवेशनका सन्दर्भमा गणना नगरिने पनि अन्तरिम विधान उल्लेख छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
