एजेन्सी । बेलायतमा पाँच महिनापछि सबैभन्दा धेरै नागरिकको कोभिडका कारण निधन भएको छ। बेलायतमा डेल्टा भेरिएन्टको सङ्क्रमण पछिल्लो केही हप्तामा तीव्ररुपमा बढ्न थालेसँगै मृतकको संख्या पनि बढेको हो।
गएको २४ घन्टामा १४६ जनाको यो सङ्क्रमणबाट निधन भएको छ। यो संख्या गएको मार्चको १२ तारिखपछिकै सबैभन्दा धेरै हो। उता अधिकारीले गत हप्ताको तुलनामा यसको सङ्क्रमण दुई गुणाले बढेको तथ्याङ्कले देखाएको बताएका छन्।
बेलायती स्वास्थ्य मन्त्रालयले मंगलबारमात्र यहाँ २४ घन्टामा १४६ जनाको कोरोनाका कारण ज्यान गएको बताएको छ। यो समेत गरी यहाँ अहिलेसम्म कोरोना भाइरसबाट एक लाख ३० हजारभन्दा बढीको ज्यान गएको छ। यहाँ पछिल्लो समयमा मृत्युको संख्या बढ्न थालेको बताइएको छ।
कोरोनाविरुद्धको खोपका कारण इन्डियन भेरिएन्टबाट सुरक्षित हुन सतर्कता अपनाउन यहाँको सरकारले भनिरहेको छ। स्वास्थ्य अधिकारीले गएको २४ घन्टामा २३ हजारभन्दा बढीमा कोरोनाको सङ्क्रमण देखिएको छ।
योसहित अहिलेसम्म बेलायतमा ६१ लाखभन्दा बढी सङ्क्रमित भएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
