कपाल झर्ने समस्याबाट मुक्ति मिलेन ? हुनसक्छ शरीरमा या चिजको कमी

काठमाडौँ । शरीर स्वस्थ राख्न कार्बोहाइडेट, प्रोटिन, फ्याट, भिटामिन्स, मिनरल्स, पानी आदि पोषक तत्त्व आवश्यक हुन्छ। यी सबै तत्त्व खानाको माध्यमबाट प्राप्त हुन्छ।

सही र पर्याप्त पौष्टिक पदार्थ सेवन गरियो भने मात्र स्वस्थ रहन सकिन्छ। पर्याप्त पोषणबिना शरीरका विभिन्न अंगमा समस्या आउँछ। शरीरमा भिटामिन वा मिनरल्सको कमी छ भने शरीरले यसको संकेत दिन्छ। यी संकेतहरुलाई बुझेर आफ्नो शरीरको आवश्यकताअनुसार पोषकतत्व लिन सकिन्छ।

Advertisement

लगातार कपाल झर्नु

कपाल झर्ने समस्या भिटामिन बी ७ को कमीले गर्दा हुन्छ। भिटामिन बी ७ अर्थात् बायोटिनलाई हेयर भिटामिन पनि भनिन्छ।
यसका लागि उमालेको अन्डा, एभोकाडो, च्याउ, सोयाबिन, फूलकोभी, बदाम, र केरा आदि खाँदा फाइदा पुग्छ। चिकित्सकको परामर्शमा बायोटिनको क्याप्सुल पनि लिन सकिन्छ।

हातगोडा झमझमाउनु

यसले भिटामिन बीको कमीको संकेत गर्छ। भिटामिन बी बी ९, बी ६, बी १२ आदि।

यसको कमीले नसासँग सम्बन्धित समस्या आउँछ

यसबाट बच्न पालुंगो, अन्डा, सोइजन, सिमी आदिको सेवन गर्नुपर्छ ।

हड्डीहरूमा कमजोरी

भिटामिन डीको कमीका कारण हड्डीहरू प्रभावित हुन्छन्। किनकी हड्डीमा क्याल्सियमको अवशोषणका लागि भिटामिन डी आवश्यक हुन्छ। यसको कमीले ओस्टियोपोरोसिस र आर्थराइटिससमस्या आउन सक्छ।

भिटामिन डीको सबैभन्दा राम्रो स्रोत घाम अर्थात् सूर्यको किरण हो। त्यसैले घाममा केहीबेर बस्दा भिटामिन डीको आवश्यकता ४० प्रतिशतसम्म पूरा हुन्छ । बदाम र माछा आदिबाट पनि भिटामिन डी पाउन सकिन्छ।

अनुहारमा सेता दाना

अनुहारमा सेतो दाना आउनु फ्याटी एसिड र भिटामिन ए तथा डीको कमीले हुन सक्छ। यसबाट बच्नका लागि स्याचुरेटेड फ्याट र टान्स फ्याट सेवन कम र स्वस्थ बोसोको सेवन बढी गर्नुपर्छ। चिकित्सकको सल्लाहमा सप्लिमेन्ट पनि लिन सकिन्छ।

गिजाबाट रगत आउनु
हाम्रो शरीरलाई हरेक दिन लगभग एक हजार मिलिग्राम प्रोटिन र भिटामिनको आवश्यक पर्छ। यदि योभन्दा कम पोषकतत्व लियौं भने शरीरमा यसको कमीको संकेत देखिन थाल्छ।

गिजाबाट रगत निस्किन्छ, वा मुखबाट बारम्बार छाला निस्किन्छ। छाला निस्किनुलाई पेटको गडबडीको संकेतका रूपमा लिइन्छ। यो समस्या शरीरमा प्रोटीनको कमी भयो भने पनि आउन सक्छ।

More News last news
Loading...