खाना अपच हुने समस्याले सतायो ? यी घरेलु खानेकुरा खाएर राहत पाउनुहोस्

काठमाडौँ । यदि हामिले एउटा खाना नपच्दै अर्को खाना खाएमा राम्रोसँग पच्न पाउदैन । यस्तो बेला पेटमा उकुसमुकुस हुने अथवा अफ्ठ्यारो महशुस हुने गर्छ ।

यस्तो समस्या भएमा विभिन्न घरेलु उपाय अपनाउन सकिन्छ । खाएको कुरा नपचेर तपाइ समस्यामा हुनुहुन्छ भने यी केही उपायहरु अपनाउनुहोस् ।

Advertisement

१. खाना अपच हुने समस्या पानीको कमीले पनि हुन्छ । यस्तो भएमा प्रशस्त पानी पिउनुपर्छ ।

२. अपच भएमा मनतातो पानीमा मह र कागतीको रस मिसाउनुहोस् र खाली पेटमा खानुहोस् । यसले बिस्तारै समस्या कम हुँदै जान्छ ।

३. अदुवाको एउटा टुक्राले पनि अपच समस्या कम गर्न सकिन्छ । अदुवाको एक टुक्रामा केही थोपा कागतीको रस र बिरे नुन मिसाएर खानुहोस् ।

४.यस्तो समस्या भएमा घ्यूकुमारीको जुस वा अमला चिजहरु खानुहोस् । यसले अपच कम गर्ने र पाचनशक्ति पनि बलियो हुन्छ ।

५. अपच भएमा पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस मिसाएर अचार बनाएर खानासँग खाएमा पनि ठिक हुन्छ ।

६. यदि अपचको समस्या छ भने मजिराजन्य पदार्थ पिउनुहुँदैन ।

७. यस्तो समस्या भएमा गाजर, चुकन्दर, सागसब्जी र फलफूलजस्ता कलेजोलाई स्वस्थ बनाउने खाने गर्नुपर्छ

८. खाना नपच्ने समस्या भएको बेला कुनै तनाव पनि लिन हुँदैन ।

More News last news
Loading...