काठमाडौँ । गैर आवासीय नेपाली संघ, (एनआरएनए) इंग्लाण्ड राज्य परिषद, युकेको अध्यक्षमा लालबहादुर गुरुङ (एलबिजेड) निर्वाचित भएका छन्। गैर आवासीय नेपाली संघ, (एनआरएनए) इंग्लाण्ड राज्य परिषद, युके (२०२१–२०३१) सम्मको नयाँ कार्यसमितिका लागि भएको निर्वांचनमा गुरुङले अध्यक्षका अर्का उम्मेद्वार डा. मीन रानाभाटालाई हराएका हुन् ।
वर्तमान कार्यसमितिमा इंग्याल्याण्ड राज्य परिषदको उपाध्यक्ष समेत रहेका गुरुङले एनआरएन युकेको युवा संयोजक लगायतका पदहरुमा लामो समयदेखि काम गरेको अनुभव छ ।
बिजयी भएलगत्तै उनले सम्पूर्ण मतदातालाई धन्यवाद दिदैं सामाजिक सञ्जालमा लेखेका छन्, ‘निर्वाचन कसैलाई माथि चढाउने र कसैलाई तल गिराउने मानसिकताको उपज होइन, यो त लोकतन्त्रको सबैभन्दा सुन्दर अभ्यास हो । यही अभ्यासमा भाग लिँदा तपाइँहरुको अमूल्य मतले मलाई नेतृत्वमा पुराएको छ । यो मेरो मात्र जित होइन, लोकतन्त्र, सामूहिकता र एजेण्डामा विश्वास गर्नेहरुकै हो । म मा जितको उन्माद छैन । न त हार्ने साथीहरुमा हारको हिनतावोध हुन जरुरी छ ।’
संस्थामा जो पुगे पनि व्यक्तिगत स्वार्थका लागि नभई सामूहिक भावना र सामूहिक एजेण्डामा रहेर काम गर्नका लागि हो । त्यो सामूहिकतामा सबै जनालाई समेट्ने कोसिस गर्ने प्रतिबद्धता समेत उनले जनाएका छन् । यस्तै उनले संस्थागत विकास, यसको मर्यादा र गरिमालाई अझै ओझपूर्ण बनाउन हरदम लागि नै रहने पनि बताएका छन् ।
उनी थप्छन्, ‘संस्थाको नेतृत्वमा पुग्नेबित्तिकै म उत्पातै काम गर्छु भन्दिनँ, म आउनेबित्तिकै सबै समस्या हल हुन्छ भन्ने झुटो ठोकुवा गर्न पनि म चाहन्न । यत्ति कुरा म दाबाका साथ भन्छु, संस्थालाई व्यक्तिको स्वार्थमा चल्ने, सामूहिक एजेण्डा, एकताभन्दा लाभ र लोभको हतियारमात्र बनाउने प्रवृतिको बाटोमा कदापी हिँडाउने छैन । संस्थागत हित नै मेरो पहिलो प्राथमिकता हुने छ। यहाँहरुकै समस्यामा संस्था भेटिन सकोस् भन्ने अभियानमा म हुने छु ।’
स्याङ्जाको पुतलीबजार नगरपालिका अन्तर्गत कोल्मा निवासी गुरुङले पर्यटकीय कोल्मा र राईपुरको पर्यटन प्रबद्र्वनका लागि बिभिन्न कार्यक्रम समेत गर्दै आईरहेका छन्।
एनआरएनए इंग्ल्यान्ड राज्यपरिषद् अध्यक्षमा स्याङ्जाका एलबिजेडको उम्मेदवारी घोषणा
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
