काठमाडौं । नेकपा एमालेले नौ वटा विभाग गठन गरेको छ। सोमबार बसेको एमाले स्थायी समिति बैठकले पार्टी एकताको माहोल बनेको खण्डमा वरिष्ठ नेता माधव कुमार नेपाल समूहलाई समेत समेट्ने गरी नौ विभाग गठन गर्ने निर्णय गरेको हो।
विभागमा संगठन विभाग, संसदीय विभाग, आर्थिक विभाग, प्रचार विभाग, पर्यटन प्रबद्र्धन विभाग, स्कुल विभाग, विदेश विभागलगायतका छन्।
पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकले पार्टीलाई नयाँ गतिका साथ सशक्त ढंगले अघि बढाउने निर्णय गरेको छ।बैठकले पार्टीलाई नयाँ गतिका साथ अघि बढाउन वडा तहदेखि नै अधिवेशन गर्ने निर्णय गरेको हो।
त्यसअघि आइतबार बसेको स्थायी कमिटी बैठकले भदौ २७ र २८ मा विधान महाधिवेशन गर्नुका साथै राष्ट्रिय महाधिवेशन अन्तर्गत असोज ३ गते वडा र ९ गते सबै गाउँ तथा नगर कमिटीको अधिवेशन गर्ने निर्णय गरेको थियो।
वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुले पार्टी अध्यक्ष ओली पक्षले पार्टी एकताका लागि भइरहेको प्रयास भाँड्न खोजेको त होइन भनेर आशंका गरेका छन्। सोमबार बसेको नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको छलफलले पार्टी एकतामा जोड दिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
