भगवान शिवको पूजा गर्दा भूलेर पनि नगर्नुहोस् यी गल्ती, नत्र धर्म हैन लाग्छ पाप

काठमाडौँ । भनिन्छ, हिन्दु धर्ममा भगवान शिवको महिमा अपरम्पार छ। शिव हिन्दू धर्मका प्रमुख देवताहरू मध्येका एक हुन् महादेव।

महादेव, परमेश्वर आदि नामले चिनिने भगवान् शिवलाई प्रायः जसो शिवलिङ्गको रूपमा पूजा गर्ने गरिन्छ। चाडै नै प्रसन्न हुने भएकोले भोले बाबाको नामले परिचित शिव भगवानलाई मनपर्ने महिना साउन र मनपर्ने बार हो सोमबार।

Advertisement

उनको पुजा गर्न साना-साना नियम पालन गर्नु अनिवार्य हुन्छ। भगवान शिवको पुजा गर्दा गल्तीले पनि शंख बजाउन नहुने शिव पुराणमा उल्लेख छ।

शिवजीको पूजामा शंखको प्रयोग गर्न नमिल्ने कारण निकै रोचक छ। दैत्यराज दम्भले केहि वर्षसम्म भगवान विष्णुको कठिन तपस्या गरेर तीन लोकका लागि अजय र महापराक्रमी छोराको वरदान मागेपछि शिवजीले उक्त वरदान पूरा गरिदिए।

दैत्यराज दम्भका छोरा थिए शंखचुड। उनको अत्यचारबाट सबैजना अत्तालिएका थिए। शिवको यो निर्णयबाट भगवानहरु पनि खुशी भएनन्। यो निर्णयबाट पछि हट्न र न्याय दिलाउन भन्दै सबैजना शिवको चरणमा नै पुगे।

तर भगवान विष्णु जीले ब्राह्मणको भेषमा शंखचुडसँग श्रीकृष्णको कवच दानमा मागे। साथै शंखचुडको रुपमा तुलसीको शील पनि हरण गरे।

यसपछि शिवजीले शंखचुडलाई आफ्नो त्रिशुलले भस्म गरिदिए। उनै शंखचुडको हड्डीबाट शंखको जन्म भएको शिवपुराणमा उल्लेख छ।

दोष निवारणका लागि सोमबारको दिन भगवान शिवको पूजा विधि सहित केही मन्त्र जप्नुपर्ने हुन्छ। जसबाट शिव छिटो प्रसन्न हुने धार्मिक विश्वास रहँदै आएको छ।

मन्त्रः

ॐ नमः शिवाय, नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः ॐ’, नमो नीलकण्ठाय, ॐ पार्वतीपतये नमः, ॐ पशुपतये नम:

पूजा विधिः

सोमबारको दिन विहान सबेरै उठेर पूर्ण शरीर नुहाएर घरमा सम्भव नभए नजिकको शिव मन्दिर गाई शिव, माता पार्वती र नन्दीलाई गंगाजल वा पवित्र जल अर्पित गर्नुहोस्।

यस पश्चात शिवलिङ्गमा चन्दन, चामल, बेलपत्र र धतुरोको फूल चढाउनुहोस्। यस पछि पूजा सम्पन्न गर्नका लागि भगवान शिवलाई घिउ वा सक्खरको भोग लगाउनुहोस् र अन्तिममा धुप, दीप बालेर आरती गर्नुहोस्।

More News last news
Loading...