मलेसियामा कोरोना संक्रमणबाट एक नेपालीको ज्यान गयो

क्वालालम्पुर, मलेसिया । वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा रहेका एक नेपालीको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ।

बिगत दुई बर्षदेखि मलेसियामा सुरक्षागार्डको रुपमा कार्यरत एक नेपाली कामदारको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको नेपाली दूतावासले जनाएको छ।

Advertisement

नेपाल ठेगाना कपिलवस्तु जिल्ला घर भई मलेसियाको क्वालालम्पुरमा अवस्थित जेके सेक्युरिटी सर्भिस नामक कम्पनीमा सुरक्षागार्ड कार्यरत ४३ बर्षीय नेपाली कामदार मनिकुमार चन्द बोहोराको कोरोना भाइरसको संक्रमणले हिजो बिहीवार ज्यान गएको कम्पनीमा कार्यरत एक नेपालीले नयाँ पुस्तालाई बताए।

यही महिना जुलाई २३ तारिखका दिन कोरोनाको लक्षण पोजेटिभ देखिएपछि उनी कम्पनीले बस्न दिइएको होस्टलमै होम क्वारेन्टाईनमा रहेका थिए।

होस्टलमै उनको स्वास्थ्य अवस्था विग्रन थालेपछि कम्पनीले एम्बुलेन्स बोलाएर अस्पतालमा लैजाने ब्यवस्था मिलाउँदा मिलाउदै उनको मृत्यु भएको जनाइएको छ। हाल वोहोराको शवलाई पोष्टमार्टमको लागि सलायाङ अस्पतालमा राखिएको छ।

More News last news
Loading...