सधैँ गेममा व्यस्त हुन्थे छोरा, आमाको खाताबाट एकै पटक ५ लाख गाएब भएपछि खुल्यो डरलाग्दो रहस्य

काठमाडौँ । अनलाइन गेमिङ बालबालिकाका साथै उनीहरुको परिवारमाथि पनि भारी पर्न थालेको छ। यसका कारण भारतको छत्तिसगढको कांकेरमा एक महिलाले तीन महिनामा ३.२२ लाख भारु (पाँच लाख रुपैयाँ बढी) गुमाउनु परेको छ।

यो रकम उनको खाताबाट काटिएपछि उनले अनलाइन ठगीको आशंकामा एफआईआर दर्ता गराइन्। प्रहरीले आफ्नो अनुसन्धानमा महिलाकै १२ वर्षका छोराले गेमको लेभल अपग्रेड गर्ने चक्करमा यो गेममा प्रयोग हुने हतियार खरिद गरे।

Advertisement

जानकारीका अनुसार पीवी-१२ मिडिल स्कूलकी शिक्षिका शुभ्रा पालको खाताबाट ८ मार्चदेखि १० जूनको बीचमा २७८ पटक ट्रानजेक्सन भयो । यतिबेला उनको खाताबाट ३.२२ लाख भारु निकालियो । यो विषयमा उनले ११ जूनमा थानामा नै उजुरी दिइन्।

रोचक कुरा के रह्यो भने पैसा निकाल्नका लागि उनको मोबाइलमा एकपटक पनि वान टाइम पासवर्ड (ओटीपी) आएन । यस्तोमा यसलाई असाध्यै चलाखले अनलाइन ठगी गर्ने नयाँ तरिका मानेर प्रहरीले अनुसन्धान सुरु गरेको छ।

खातामा राखिएको मोबाइल नम्बरबाटै ट्रान्सफर गरियो पैसाः

बैंकबाट प्राप्त जानकारी अनुसार खातासँग लिंक गरिएको मोबाइल नम्बरबाटै पैसा ट्रान्सफर गरिएको हो । यी रुपैयाँको प्रयोग अनलाइन गेम खेल्ने र गेमिङ लेभललाई अपग्रेड गराउनमा गरिएको छ । यो मोबाइलबाट महिलाका छोराले ‘फ्री फायर गेम खेल्ने गर्दथे, त्यसैले उनीमाथि सोधपुछ गरियो । त्यसपछि मात्रै यसबारे वास्तविकता उजागर भएको हो ।

र बच्चा पनि गेमको लतमाः

अनुसन्धानमा पत्ता लागेअनुसार यो क्षेत्रका थुप्रै बालबालिका गेमको लतमा परेका छन् । उनीहरुमध्ये कतिले यस्तै अनलाइन हतियार खरिद गरेका छन् । यद्यपि, उनीहरुको बच्चाले परिवारकै कुनै ठूलाको बहकाउमा आएर यस्तो गरेको परिवारले आरोप लगाएको छ।

बालबालिकाले घरबाट पाएको पकेट मनी र पैसा चोरेर खर्च गरिरहेको बताइएको छ। जोसँग अनलाइन सुविधा छैन, उनीहरु अरु कसैलाई किनमेल गर्नका लागि पैसा दिइरहेको बताइन्छ।

बालबालिकामाथि निगरानी राख्नुहोस्, अनलाइन गेमको राम्रो नराम्रो पक्षबारे बताउनुहोस्ः

कोरोनाका कारण किनमेल, भुक्तानीका साथै पढाई पनि अनलाइनबाटै भएको छ । यस्तोमा बच्चा पनि अब मोबाइलको बढी नै प्रयोग गर्न थालेका छन् ।

बालबालिकालाई मोबाइलमा अनलाइन सुविधा प्रदान गराउनुका साथै बच्चालाई यसको सकारात्मक र नकारात्मक पक्ष दुबैबारे जानकारी दिनुहोस् ।

मोबाइल प्रयोग गर्ने बेला बालबालिकाको गतिविधिमाथि निगरानी राख्नु आवश्यक छ। अनलाइन बस्ने बच्चाहरुसँग बैंक अकाउन्टको जानकारी साझा नगर्नुहोस्।

बालबालिकाले मोबाइलमा के खेलिरहेका छन्, यसको पूरा जानकारी परिवारका सदस्यले राख्नुपर्छ।लापरवाही अपनाउँदा उनीहरु साइबर क्राइम र ठगीको शिकार हुन सक्छन् भनेर बच्चालाई भन्नुहोस् । बच्चालाई आफ्नै अगाडि अनलाइन सुविधा प्रयोग गर्न दिँदा राम्रो हुन्छ।

More News last news
Loading...