घरमा अचानक बढ्न थालेको खर्चले हालत खराब भयो ? तुरुन्त ध्यान दिनुहोस् यी कुरामा

काठमाडौँ । वास्तुशास्त्रका अनुसार घरमा राखिने हरेक वस्तुको आ–आफ्नै दिशा हुने गर्दछ। भनिन्छ, हामीले जुन दिशामा सामान राख्छौँ, त्यसको प्रत्यक्ष असर हाम्रो जीवनमा समेत पर्ने गर्दछ।

कुनै घरमा कुनै न कुनै कुरामा सबै विवाद हुने गर्दछ वा उस घरका सदस्य प्रायः विरामी हुने गर्दछन् भने त्यसको कारण वास्तु दोष हुन सक्दछ। आज हामी तपाईलाई कुनै यस्तो कुराका बारेमा जानकारी दिदैछौँ, जसको ध्यान राख्दा वास्तु दोषबाट बच्न सकिन्छ।

Advertisement

यदी घरको मुल ढोका अगाडिनै जुता चप्पल खोलेर राख्ने बानी छ भने हटाउनु होस ढोका अगाडि नै जुता चप्पल राख्दा माता लक्ष्मी प्रबेश गर्नुहुन्न भन्ने मान्यता रहेको छ।

खाना खाएपछि भान्सा कोठा कहिले जुठो राख्नु हुन्न । माझ्न नसकेको खण्डमा जुठो भाडाहरूलाई हल्का पानीले पखालेर राख्नुस। जुठो भाडा राख्नले धन हानी हुने गर्छ तथा उक्त जुठो बसी खानाबाट आउने नराम्रो कुराहरुले हाम्रो वातावरणमा नराम्रो असर लाउन सक्छ।

घरको भान्सा, बाथरूम वा अन्य कुनै स्थानमा लागेका धाराबाट पानी चुहिन्छ भने यसलाई अशुभ मानिन्छ । यसरी बन्द धाराबाट पानीका थोपाथोपा चुहिदाँ घरमा नकारात्मक ऊर्जाको वास हुने गर्दछ । साथै पानीको व्यर्थ हुनु वा बग्नु नराम्रो मानिन्छ । वास्तु अनुसार जुन घरमा धारा चुहिन्छ त्यहाँ ब्यर्थ खर्च हुने गर्दछ ।

भान्साकोठामा पुराना भइसकेका र टुटेफुटेका भाँडाकुँडा राख्दा महालक्ष्मी अप्रसन्न हुने र घरमा दरिद्रताका साथसाथै आर्थिक हानी हुने गर्छ।

More News last news
Loading...