काठमाडौँ । शनिदेवलाई न्यायको देवता मानिन्छ। अर्थात् राम्रो काम गर्नेलाई राम्रो र नराम्रो काम गर्नेका लागि नराम्रो फल दिने देवता। शनिवारको दिनलाई भगवान शनिको दिन मानिन्छ।
यदि कुनै व्यक्तिको कुण्डलीमा शनिदोष छ भने त्यस्ता व्यक्तिले शनिवारको दिन भोजन गर्दा सावधानी अपनाउनुपर्ने हुन्छ।
शनिदेवलाई खुसी राख्न चाहने व्यक्तिले पनि शनिवारको दिन भोजन गर्दा केही सावधानी अपनाउनुपर्ने हुन्छ। केही खानेकुरा यस्ता छन् जसलाई शनि देवताले मन पराउँदैनन्।
यदि तपाईं शनिवारको दिन दूध अथवा दही सेवन गर्न चाहनुहुन्छ भने त्यसमा हल्दी अथवा अलिकति गुड मिलाउन नभुल्नुहोस्। किनभने सादा दूध र दही शनि देवताले मन पराउँदैनन्।
तपाई दैनिक आँपको अचार खानुहुन्छ भने शनिवारको दिन त्यसलाई टाढै राख्नुहोस्। शनिको प्रकोपबाट बच्न चाहनुहुन्छ भने शनिवारको दिन आँपको अचार नखानुहोस्।
आँपको सेवन शनिदेवलाई मन पर्दैन। शनिवारको दिन रातो खुर्सानी पनि नखानुहोस्। रातो खुर्सानी खाँदा शनिदेव रिसाउँछन्।
शनिवारको दिन चना, मास र मुङको दाल खान सक्नुहुन्छ। तर मुसुरोको दाल खानबाट बच्नुहोस्। मुसुरोको दाल मंगलबाट प्रभावित हुन्छ। जो शनिको क्रुर नजरलाई बढाउन मद्दत गर्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
