यी महिलाले दिइन् एकैपटक १० शिशुलाई जन्म, विश्वकै नयाँ कर्तिमान कायम

एजेन्सी । दक्षिण अफ्रिकी महिलाले एकैपटक १० शिशुलाई जन्म दिएकी छिन् । गोसियामी थामारा सिथोलेले सोमाबर साँझ ६ बालक र ३ बालिकालाई एकैपटक जन्म दिएकी हुन्।

यो अहिलेसम्मकै विश्व किर्तिमान हो। यसअघि सिथोलेले जुमल्याहा बच्चालाई जन्म दिएकी थिइन् । उनी ३७ वर्षकी भइन् ।

Advertisement

२९ हप्ताको गर्भबाट सोमबार साँझ सिथोलेको शल्यक्रियाबाट बच्चा निकालिएको हो। उनले गर्भमा बच्चा रहँदा निकै सास्ती पाएको जनाएकी छिन् ।

कतिपय राति निदाउन नसकेको बताएकी छिन् । यसअघि उनको गर्भमा ८ वटा शिशु रहेको भनिएको थियो। गिनिज वल्ड रेकर्डले यसबारे अध्ययन गरिरहेको जनाएको छ ।

यसअघि एकैपटक ८ शिशुलाई अमेरिकामा एकजना महिलाले जन्म दिएकी थिइन्। गत महिना मालीकी २५ वर्षीया हलिमा सिसेले ९ शिशुलाई जन्म दिएकी थिइन्।

More News last news
Loading...