काठमाडौँ । जो कोहीको जीवनमा कोही न कोही एक सच्चा साथी हुने गर्दछ। जो सँग उसले आफ्नो मनको कुरा बिना हिचकिचाउट शेयर गर्ने गर्दछ।
केही सल्लाह लिनु परेमा वा कुनै नराम्रो समय आएमा साथी उसको साथमा उभिने गर्दछ। तर सबै यतिधेरै भाग्यमानी हुँदैनन्, जसले सच्चा साथी पाउन सक्दैनन्। के तपाईले कहिलै यो कुरा सोच्नुभएको छ की तपाईले कसलाई साथी बनाउने ? आउनुहोस् जानौँ कुन राशिका साथी व्यक्तिलाई साथी बनाउँदा राम्रो सम्बन्ध बन्ने गर्दछ।
मेष राशि : मेष राशिका व्यक्ति राम्रो साथी सावित हुने गर्दछन्। यस्ता राशिका व्यक्तिले सजिलै नयाँ साथी बनाउने गर्दछन् र आफ्नो साथैलाई हरदम सहयोग गर्न तयार हुने गर्दछन्।
सिंह राशि : सिंह राशि हुने व्यक्ति साथीका लागि निकै राम्रो मानिन्छन्। यस्ता राशिका व्यक्तिले आफ्नो साथीलाई बेला बेलामा उपहार दिएर सरप्राइज दिने गर्दछन्।
आफ्नो साथीप्रति यिनीहरुको व्यवहार सधै प्रेमले भरिएको हुने गर्दछ। साथीको गल्ती पहिचार गरेर उनीहरुलाई हरेक समय साथ दिन तयार हुने गर्दछन्।
मकर राशि : मकर राशिका व्यक्ति निकै बफादार हुने गर्दछन्। यस्ता व्यक्तिसँगको साथीत्व सधै गहिरो हुने गर्दछ। यी व्यक्तिलाई साथी बनाउने मानिस निकै भाग्यमानी मानिन्छन्।
कन्या राशि : कन्या राशिका मानिस निकै आकर्षक व्यक्तित्व मानिने गर्दछन्, जसका निकै कम साथी हुने गर्दछन्। यी व्यक्तिले जसलाई साथी बनाउछन् यसलाई सधै साथ दिन तयार रहन्छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
