भगवान गणेशको पुजा गर्दा घ्यूको दियो बाल्नुस्, मिल्छ सधैँ कृपा

काठमाडौँ । हिन्दू धर्म अनुसार मंगलबार विशेष गरी गणेश भगवानको पूजाआराधना गरिन्छ। यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पूजा गरिन्छ। यस दिन व्रत बस्दा बिहानको खाना खानु हुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन।

सबै किसिमको सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रु दमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मंगलबारको व्रत उत्तम मानिन्छ।

Advertisement

यो व्रत शुक्ल पक्षको पहिलो मंगलबारबाट शुरु गर्नु राम्रो मानिन्छ। यो व्रत कम्तिमा २१ वटा मंगलबारसम्म लिने प्रचलन छ भने सकेसम्म जीवनभरी नै लिए अझ राम्रो हुन्छ।

मंगलबारको व्रतमा गहुँ र सख्खरको भोजन गर्नुपर्ने हुन्छ भने रातो कपडा धारण गर्नुपर्छ। मंगलबारको व्रतबाट मंगल ग्रहको अनिष्ट फल पनि शान्त हुन्छ।

मंगलबार गणेश भगवानको आराधना गर्दा ‘ॐ भौमाय नमः’ मन्त्रसहित जप गर्नुपर्दछ। पूजा गर्दा रातो फूल, फल, तामा, नरिवल आदि फल दान गर्नुपर्दछ। यसका साथै मंगलबारको दिन हनुमान जीको उपासनाका लागि उत्तम मानिन्छ।

हनुमान वास्तवमा मंगलको पनि अरिष्टदेवता हुन्। हनुमानलाई ‘सर्वग्रहविनाशिने’ र ‘रक्षोविद्यवंशकारकाये’ भनि पुकारिन्छ।

सबै ग्रहभन्दा बलवान हनुमान रहेको धार्मिक तथा पौराणिक कथाहरुमा उल्लेख छ। एक निश्चिल हृदय (छलकपटरहित) का देवताका रुपमा हनुमानलाई लिइन्छ। जीवनभर अविवाहित रही ब्रह्मचार्य प्राप्त योगी अथवा साधुको रुपमा पनि हनुमानलाई चिनिन्छ।

मंगलबारको व्रत कथामा एक ब्राह्मणीले हनुमानको उपासना गरेकै कारण ‘मंगल’ नामक पुत्र प्राप्त गरेको धार्मिक कथामा उल्लेख छ। गणेशको पुजा नगरि गरेको शुभ कार्य सिद्धि नहुने धार्मीक विश्वास छ।

त्यसैले शुभ कार्यहरु गर्नुपूर्व भगवान् गणेशको पुजा गर्ने प्रचलन छ। आज हामी तपाईलाई गणेश भगवान्को पुजा गर्दा ध्यान दिनुपर्ने कुराहरुका बारेमा जानकारी दिदैछौँ।

भगवान् गणेशको पुजा गर्दा ध्यान दिनुहोस् यी कुरा

१. गणेशजीको पुजा गर्दो सबभन्दा पहिला रातो सिन्दुर चढाउहोस्।

२. शनिको आराधना गर्नाले पनि भगवान गणेशलाई प्रसन्न गर्न सकिन्छ।

३. गणेशजीको सामू घ्यूको दियो बाल्नुस् सदैव कृपा हुनेछ।

४. पूजाको लागि अखंडित चामल मात्रै प्रयोग गर्नुस्।

५. शास्त्रका अनुसार कहिले पनि गणपतिको पिठ्यूको दर्शन गर्नुहुदैन भनिन्छ, उनको पिठ्यूमा दरिद्रताको निवास छ।

More News last news
Loading...