काठमाडौँ । सनातन हिन्दू धर्ममा नरिवललाई पवित्र मानिन्छ। शास्त्रमा यसलाई ‘श्रीफल’ भनेर चिनिन्छ। नरिवल सबै शुभ र मांगलिक अनुष्ठानमा प्रयोग गरिन्छ। जस्तै घरको प्रवेश द्वार, विवाह र अन्य अनुष्ठानहरूमा, नरिवललाई शुभ कार्यहरूमा कलशमा राखिन्छ।
नरिवललाई कुनै पनि शुभ कार्य सुरू गर्नु अघि फोड्ने गरिन्छ। किनकि धर्मशास्त्रअनुसार नरिवललाई एकदमै पवित्र ठानिन्छ। यसको उच्च उचाई र यसको माथिल्लो सतह एकदम कडा भएको कारण कुनै पनि पशु वा चराले यस फललाई जुठो बनाउन सक्दैनन्। त्यसैले यसलाई पूजा विधिमा प्रयोग गरिन्छ।
तपाईंले देख्नु भएको होला कि नरिवल केवल पुरुषहरूले मात्रै तोडछन्। महिलालाई नरिवल तोड्न निषेध गरिएको छ, तर के तपाईंलाई थाहा छ महिलाले किन नरिवल फोड्न सक्दैनन् ? यसका पछाडि केहि महत्वपूर्ण तथ्यहरु रहेका छन्। आज हामी यस विषयमा चर्चा गर्न गइरहेका छौँ।
महिलाहरु नरिवल फोड्न सक्दैनन् किनकी नरिवललाई बलिको प्रतीक मानिन्छ। परम्परागत रूपमा नरिवललाई नयाँ संसारको सृष्टिको बीजको रूपमा मानिन्छ।
नरिवललाई एक बीजको रूपमा मानिन्छ जुन प्रजननसँग सम्बन्धित छ। भगवानले महिलाहरूलाई बच्चा जन्माउने शक्ति दिनुभएको छ। त्यसकारण स्त्रीलाई उत्पत्तिका कारकका रूपमा लिइन्छ, महिलालाई नरिवल फोड्न वर्जित गरिएको हो।
धर्मशास्त्र अनुसार, जब कसैले नयाँ गाडी किन्छ, वा व्यापार आदि सुरु गर्दछ, नरिवल फोड्छन्। यसको पछाडि तर्क यो छ कि नरिवल भित्रको पानी धेरै शुद्ध हुन्छ। जब हामी नरिवललाई फोड्छौँ, यसको पानी चारैतिर छरिएर जान्छ, जसले सबै नकरात्मकता हटाउँदछ।
विशेष इच्छा पूर्तिको लागि, मन्दिरमा पनि नरिवल फोड्ने परम्परा रहेको छ। पौराणिक कथाका अनुसार, जब भगवान विष्णु पृथ्वीमा अवतारित हुनुभयो, उहाँले आफूसँग तीन चीजहरू ल्याएर आउनु भएको थियो।
ति चीजहरु क्रमशः लक्ष्मी, नरिवलको रूख र कामधेनु थिए। यी सबै तीन चीजहरू मानिसका लागि वरदान हुन्। त्यस कारणले गर्दा नरिवलको रूखलाई कल्पवृक्ष पनि भनिन्छ।
नरिवल ब्रह्मा, विष्णु र महेश, तीन देवताहरूको घर हो भन्ने विश्वास गरिन्छ। नरिवलमा भएको तीन बिन्दुलाई भगवान शिवको तीन आँखाको प्रतीकका लिइन्छ। नरिवललाई ‘श्रीफल’ भनेर पनि चिनिन्छ। यसमा ‘श्री’ को अर्थ ‘लक्ष्मी’ हुन्छ।
त्यसकारण नरिवल लक्ष्मी माताका लागि अत्यन्तै प्यारो हुन्छ। भगवानहरुलाई ‘श्रीफल’ चढाए पैसाको कुनै समस्या नहुने विश्वास रहँदै आएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
