मेष राशि :मेष राशि भएका व्यक्तिहरु अरुछप्रति छिटै आकर्षित हुन्छन्। यिनीहरू प्रेमको मामलामा त्यति गम्भीर हुँदैनन् । यिनीहरु अरुप्रति जति छिटै आकर्षित हुन्छन् त्यति नै छिटो मनबाट आकर्षण हट्छ । प्रेमको मामलामा पनि छिटै मनबाट प्रेमको भावना हट्छ्र यिनीहरु कसैले उक्साएको भरमा अथवा आफ्नो पक्षमा केहि कुरा भएन भने आफ्नो प्रेमीलाई धोका दिन पनि पछि हट्दैनन् ।
मिथुन राशि: मिथुन राशिका व्यक्तिहरू उनीहरूको दोहोरो व्यक्तित्वका लागि चिनिन्छन् र उनीहरूको यहि स्वभावले उनीहरूको सम्बन्धमा पनि असर पार्छ। कहिलेकाँही यिनीहरू आफ्नो प्रेमीको बारेमा धेरै संवेदनशील हुन्छन्, तर कहिलेकाँही उनीहरुको अनुहार पनि हेर्न मन पराउँदैनन्। यिनीहरू यो महसुस गर्दैनन् कि यस्तो व्यवहारले आफ्नो प्रेमीको मन तोडिन्छ।
तुला राशि : तुला राशिका व्यक्तिहरू सन्तुलित जीवन बिताउँछन्, जब उनीहरूलाई केहि गलत छ जस्तो लग्यो भने यसलाई स्थिर पार्ने उपायहरू खोज्छन्। यस्तै भवनको मामलामा पनि आफ्नो खुशीको लागि आफ्नो प्रेमीको भावनासँग खेलभाड गर्न पनि पछि सर्दैनन्।
धनु राशि : यस राशिका व्यक्तिहरूको लागि आफ्नो करियर सबैभन्दा महत्वपूर्ण हुन्छ। यस्तोमा उनीहरूको लागि करियर वा जागिर आफ्नो प्रेमी भन्दा पनि महत्त्वपूर्ण हुन्छ। यहि कारण उनिहरु आफ्ना प्रेमीलाई धोका पनि दिन सक्छन्।
मकर राशि : यस राशिका व्यक्तिहरूले परिस्थिति अनुसार प्रेमीको दिल तोडछन्। यस राशिका मानिसहरू यदि कुनै कुरा उनीहरूको पक्षमा हुँदैन वा उनीहरूको अनुसार हुँदैन भने, तब यी व्यक्तिहरूले आफ्नो प्रेमीलाई छोड्न पनि समय लिदैनन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
