आज धनको वर्षा हुने यी ५ राशिको भाग्य हेर्नुहोस्

आज मिति २०७८ साल जेठ १८ गते मंगलबार, तदअनुसार सन् २०२१ जुन १ तारिख । ज्येष्ठ कृष्णपक्ष षष्ठी तिथि । आज केही राशिको भाग्य चम्किदैछ भने केही राशि सावधान रहनु पर्ने देखिन्छ । आउनुहोस् हेरौँ आज धन, सम्पत्ति, व्यापार व्यवसाय र विद्यामा सफल हुने राशिका बारेमा जानकारी लिउँ :

मिथुन

Advertisement

आर्थिक पक्ष राम्रो बन्नेछ। पराक्रम बढ्नेछ। अरूलाई प्रभावित गरेर काम लिन सकिनेछ। आफन्तहरूसँग भेटघाटको अवसर मिल्नेछ। अधुरा कार्यहरू पुरा होलान्।

सिंह

मनमा हर्ष,उमङ्ग र उत्साह रहला । पदोन्नतीको योग छ। राजनीतिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। वित्तीय संस्थाबाट सहयोग मिल्ला । वैदेशिक कार्य अघि बढ्नेछ। आज रमणीय र सुखद् यात्राको योग छ।

बृश्चिक

उपहार प्राप्त होला। बादबिवादमा तपाईँकै जित होला । शुभकार्यको चर्चा चल्नेछ । मिष्ठान्न भोजन प्राप्त होला । प्रेममा सफलता प्राप्त हुनेछ ।

कुम्भ

महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । साथीभाईको विशेष सहयोग रहनेछ । शुभ समाचार सुन्न पाउनु हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । प्रेममा सफलता प्राप्त हुनेछ।

मीन

महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । लाभदायक यात्रा होला ।

More News last news
Loading...