यो दिशामा खुट्टा फर्काएर कहिलै नसुत्नुहोस्, नत्र भइएला कंगाल

काठमाडौँ । घरको सुख शान्तिका लागि वास्तुशास्त्रमा विभिन्न कुरा उल्लेख गरिएको छ। हामीले केही साना साना कुरामा ध्यान दिन सक्छौँ भने वास्तुदोष नष्ट भएर घरमा सुख शान्ति आउने धार्मीक विश्वास छ।

आज हामी तपाईलाई वास्तुशास्त्रका केही नियमका बारेमा जानकारी दिदैछौँ। जुन नियमको पालना गर्दा तपाईको घरमा सुख, समृद्धि भित्रिन सक्छ।

Advertisement

घरमा सुख, समृद्धि ल्याउन यी कुरामा ध्यान दिनुहोस्

घरमा कोठाको ढोकातिर पर्ने गरी खुट्टा राखेर सुत्नु हुँदैन। यो वास्तु नियम विपरित मानिन्छ। जस कारण घरमा नकारात्मक उर्जा पैदा हुनसक्छ। जसले गर्दा घरको आर्थिक अवस्थामा नकारात्मक असर पर्दछ।

घरमा रहेको पुजा स्थल वा मन्दिरमा नियमितरुपमा देवी देवताको तस्विर वा मुर्तिमा पुजा गर्नुस्, यसले वास्तु दोष नष्ट गरिदिन्छ र सकारात्मक उर्जा पैदा गर्छ।

घरको सरसफाइमा विशेष ध्यान दिनु पर्छ। घरमा फोहोर जम्मा हुँदा त्यसले नकारात्मक उर्जा पैदा गर्छ। घरमा सरससफाइ गर्दा पानीमा थोरै नुन मिसाएर गर्नुस् । यसो गर्दा घरमा सकारात्मक उर्जा जम्मा हुन्छ।

घरमा परिवारको तस्विर राख्दा दक्षिण पश्चिम दिशामा राख्नु शुभ मानिन्छ। यो दिशामा परिवारका सबै सदस्य भएको तस्विर राख्दा घरमा प्रेम बढ्छ।

भान्सामा आगो र पानीकोबीचमा केही दुरी हुन जरुरी छ। अग्नि तत्व पानी तत्व आपसमा विरोधी मानिन्छन्। यसैले एक अर्काबाट टाढा राखिएमा सकारात्मक उर्जा पैदा हुन्छ।

More News last news
Loading...