यी अंगमा भूलेर पनि नलगाउनुहोस् सुन, मानिन्छ निकै अशुभ

काठमाडौँ । मानिसहरु सुनलाई विभिन्न गहना बनाएर लगाउने गर्छन् । सुनका गहना लगाउन मानिसहरु धेरै सौखिन हुन्छन्। पुरुष भन्दा यसको प्रयोग बढि महिलाले गरिरहेका हुन्छन्।

हरेक धातुले हाम्रो शरीरलाई कुनै न कुनै असर पारेको हुन्छ । विभिन्न घातुबाट बनेका आभूषण लगाउँदा शरीरलाई फाइदा हुन्छ।
तर गलत तरिकाले गरगहना लगाउँदा अशुभ हुने विश्वास गरिन्छ। सुन पनि एउटा यस्तै धातु हो जसलाई लगाउन जानिएन भने संकट आइ पर्न सक्छ।

Advertisement

सुन प्रयोग गर्दा तलका निम्न १३ तथ्यलाई ख्याल गर्नुपर्छ

देब्रे हातमा कहिल्यै सुन लगाउनु हुँदैन । यो हातमा सुन लगाउँदा समस्या आउने गर्छ ।खुट्टामा सुन लगाएमा वैवाहिक जीवनमा समस्या आउने र स्वास्थ्य खराव हुने गर्छ।

घरमा सुन राख्दा उत्तर-पूर्वमा रहेको कोठामा राख्नुपर्छ । सुनलाई रातो वा पहेँलो कपडामा बाँधेर राख्नुपर्छ । सुनसँग केसर राखेमा धन प्राप्ति हुने गर्छ।

गर्भवती तथा वृद्ध महिलाले सुन लगाउनु हुँदैन। साइँली औंलामा सुनको औंठी लगाउने हो भने सन्तान प्राप्ति हुन्छ। ब्राह्मण, पुजारी वा गुरूलाई सुन दान गर्नुपर्छ । अपरिचित वा अप्रिय व्यक्तिबाट सुन लिनु हुँदैन।

सुन भेट्टाउनु वा हराउनु दुबै अशुभ मानिन्छ । सुन हराउँदा बिरामी बिरामी भइने र भेट्टाउँदा खर्च बढ्ने गर्छ। वैवाहिक जीवनलाई सुखी बनाउनका लागि गलामा सुनको सिक्री र कान्छी औंलामा सुनको औंठी लगाउनुपर्छ।

फलाम वा कोइलाको काम गर्ने मानिसले सुन लगाउनु हुँदैन। यी व्यक्तिले सुन लगाएमा व्यापारमा नोक्सान पुग्छ। यदि पहिरिनु परेका ज्योतिषसँग सल्लाह लिनु राम्रो मानिन्छ।

सुनमा सर्दी र गर्मी दुबै ऊर्जा हुन्छ। रूघा, ज्वरो आएको बेलामा कान्छी औलामा सुनको औंठी लगाउनुपर्छ। सुनपानी खाने हो भने रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ।

कम्मरमा कहिल्यै पनि सुन लगाउनु हुँदैन। कम्मरमा सुन लगाउँदा पाचन प्रणाली खराव हुने र पेटसम्बन्धी समस्या देखिने गर्छ। पेट वा मोटोपनको समस्याबाट पीडितले कहिल्यै सुन लगाउनु हुँदैन । साथै धेरै रिसाउने मानिसले पनि सुन लगाउनु राम्रो हुन्न।

More News last news
Loading...