पूजा गर्दा छुटाउनै हुन्न ५ चिज, झुक्किएर पनि नगर्नुहोस् यी गल्ती

काठमाडौँ । हामी हरेक दिन वा कुनै विशेष दिन पक्कै पनि भगवान् को पूजाआजा गर्छौ तर पूजा गर्दा केहि कुराहरु छुटाउनै हुँदैन। के तपाईलाई ति कुराबारे थाहा छ ?

धर्मशास्त्रका अनुसार दूध, दही, घीउ, मह, र चिनीको मिश्रीलाई पूजामा प्रयोग गरिन्छ। यी पाँच चीजबिना पूजा अपूर्ण हुन्छ।

Advertisement

यी ५ चिजलाई हिन्दू धर्ममा पवित्र मानिएको छ। जब यी पाँच तत्वलाई मिसाइन्छ तब यसलाई पञ्चामृत भनिन्छ। पञ्चामृतको अर्थ पाँच अमृत हो।

पञ्चामृतको पहिलो अंश दूध हो, जुन हामी गाईबाट पाउँछौँ।

पंचामृतको दोस्रो अंश दही हो।

तेस्रो भाग घ्यूको अंश हो।

चौँथो अंश मह हो।

पाँचौँ भाग चिनी हो, जुन पूर्ण अमृत बनाउनको लागि यी सबैसँग मिसाइन्छ।

स्वास्थ्यको दृष्टिकोणबाट पञ्चामृत अर्थात्‌ यी सबै चीजहरूको बनाइएको मिश्रणलाई प्रसादको रूपमा खानेले सबै प्रकारका रोगहरू पनि हटाउँछ। त्यसैले पूजापछि हामी पनि पञ्चामृत लिने गर्छौ स्वयम् प्रचारको प्रतीक हो।

पूजा गरिसकेपछि किन मागिन्छ माफी ?

हिन्दू धर्मावलम्बीहरु हरेकको घरमा पूजा भएको नै होला। पूजा घरमा नभएपनि हामी मन्दिरमा गएर गरेका नै छौँ।

मन्दिरमा गएर हामी पूजा गर्दा मन शान्त बनाउँछौँ र भगवानको आराधना गर्दर्छौं। पूजा गरिसकेपछि हामीले क्षमा याचना पनि मागेको हौँला। तर किन पूजा सकिएपछि क्षमा याचना गरिन्छ त ? आज हामी तपाईलाई त्यसको बारेमा जानकारी गराउनेछौँ।

धार्मिक मान्यताका अनुसार हामी जुन नियमले पूजा गर्दर्छौँ त्यो नियममा केहि कमी भएको हुनसक्ने डरले हामी भगवानसँग क्षमा याचना माग्छौँ।

क्षमा याचना गर्ने विशेष मन्त्र

आवाहनं न जानामी न जानामी विसर्जनम् ।
पूजां चैव नजानामी क्षमस्व परमेश्वर ।।
मन्त्रहीनं क्रियाहीनं भक्तिहीनं जनार्दन ।
यत्पूजितं मया देव परिपूर्ण तदस्तु मे ।।

अर्थात्ः भगवान म तपाईलाई बोलाउन पनि जान्दिन र बिदा गर्न पनि हामी जान्दिन। मलाई पूजा गर्न र पाठ गर्न पनि आउँदैन। मलाई यी तमाम गल्तीहरुबाट क्षमा गर्नुहोस्।

मलाई पूजा गर्ने प्रक्रिया पनि थाहा छैन र मन्त्र पनि याद छैन त्यसैले मलाई माफ गरेर मेरो पूजा स्विकार्नुहोस्।

क्षमा माग्दा के लाभ हुन्छ ?

यो कुरा हामीले जान्नै पर्छ कि, क्षमा माग्दा के लाभ हुन्छ त ? क्षमा माग्दा अहंकारको भावना हट्छ । क्रोध ईर्ष्याहरु मनमा आउँदैनन्। त्यसैले मन पवित्र हुन्छ।

पूजा गर्दा झुक्किएर पनि नर्गनुस् यी गल्ती

कयौँ पटक हामीले हरेक दिन पूजापाठ गछौँ, तर त्यसको फल मिल्दैन। पूजा गर्दा हामीले गर्ने साना–साना गल्तीका कारण हुने गर्दछ। हिन्दु शास्त्रमा हामीलाई पुजा गर्दा के गल्ति गर्न हुँदैन, के कुरामा ध्यान दिनु पर्दछ भन्ने बारे उल्लेख गरिएको छ।

भगवान वराहले वराह पुराणमा पुजाको समयमा निषेश गरिएका कामका बारेमा बताएका छन् । यस पुराणमा वराह भगवानले पूजासँग जोडिएका केही कामका बारेमा बताएका छन्।

१) गलत कामबाट कमाएको पैसा भगवानलाई नचढाउनुहोस्। यसलाई अपराध मानिने गरिन्छ।

२) नीलो वा कालो रंगको कपडा पूजाका समयमा लगाउनु हुँदैन।

३) शवको स्पर्श गरेपछि स्नान नगरी पूजा गर्नु हुँदैन।

४) संभोग गरीसकेपछि स्नान नगरी पूजा गर्नु हुँदैन। यसलाई अपराध मानिने गरिन्छ।

५) रिसाएको बेला भगवानको उपासना गर्दा फल मिल्दैन।

६) अँध्यारोमा भगवानको मूर्ति वा तस्वीरलाई स्पर्श गर्नु वा पूजा गर्नु अपराध मानिने गरिन्छ।

७) घण्टी वा शंख आदीको आवाज नदिइ पूजा गर्दा भगवानले स्वीकार गर्दैनन्।

८) केही खाइसकेपछि कुल्ला नगरी वा पानी नपिइ पूजा गर्दा फल प्राप्त हुँदैन।

भगवान शिवको पूजा आराधना गर्दा नगर्नुहोस् यी गल्ती

सोमबार ‘शिवजी‘को पूजा आराधना गर्ने राम्रो दिन हो। यस दिन गरेको पूजा आराधना गरे शिव भगवान खुसी हुने र मागेको वर दिने भन्ने विश्वास छ ।

‘ऊँ नमः शिवाय’ शिवजीलाई प्रसन्न पार्न जपिने मन्त्र हो ।

अविवाहित स्त्रीले राम्रो वर पाउन शिवजीको पूजा आराधना गर्ने गर्दछन् भने विवाहित स्त्रीले आफ्नो परिवारमा सुख शान्ती र पतिको दिर्घायूका लागि शिवजीको पुजा गर्दछन्।

शास्त्रमा लेखिएको छ, शिव एकदमै शान्त स्वभावका देवता हुन्। उनलाई सजिलैसँग खुसी बनाउन सकिन्छ। उनको क्रोधलाई कसैले पनि सामना गर्न सक्दैन। त्यसैले तपाई शिवजीको पूजा आराधना गर्दै हुनुहुन्छ भने यी गल्ती नगर्नुहोस्।

शिवजीलाई के मन पर्छ ?

शिव भगवानको जीवन सिद्धान्त एकदमै साधारण छ। जो मानिस बढि महत्वाकांक्षी हुन्छ, जसले आफ्नो इच्छा र चाहनाको धरातलभन्दा गहिरिएर बुझ्न सक्दैन त्यो मानिसले सुखानुभूत गर्न सक्दैन।

शिवजीले सबैभन्दा बढि मन पराउने वस्तुहरू भनेको पहेँलो वस्त्र, गाँजा, भाङ, धतुरो, चिसो गाईको दूध, श्रीखण्ड र खरानी हुन्। त्यसैले यी कुराहरू चढाउँदा, शिवजी अत्यन्त खुसी हुन्छन्। उनलाई बेलपत्र पनि चढाइन्छ।

शिवपुराणका अनुसार ,शिवजीको पूजा आराधना गर्दा यी ५ वस्तुहरू कहिल्यै चढाउनुहुँदैन।

बेसार
शिवपुराणमा उल्लेख गरिएअनुसार बेसार पनि शिवजीलाई चढाउनु हुँदैन।

चुवाको फूल
विभिन्न ठाउँअनुसार फरकफरक नाम भएको चुवा फूल यसलाई कतै गोलाईँती फूल त कतै केताकी फूल पनि भन्ने गरीन्छ । यो फूलसँग भगवानको सम्बन्ध के छ रु किन चढाउन हुँदैन भन्ने भनिन्छ।

तुलसी
शिवपुराणमा उल्लेख गरिएअनुसार भगवान शिवलाई पूजाआजा गर्दा पनि यो पत्र चढाउनुहुँदैन भनिएको छ।

नरीवलको पानी
शिवपुराणमा उल्लेख गरिएअनुसार शिवजीलाई चढाउन नहुने पवित्र वस्तुहरूमध्ये नरीवलको पानी पनि एक हो। शिवजीलाई सिङ्गो नरीवल चढाउनुहुन्छ तर नरीवल फुटाएर पानी चढाउनुहुँदैन । यस्तो गरेमा शिवजी रिसाउने र अनिष्ट हुने शिवपुराणमा लेखिएको छ।

सिन्दूर
विवाहित महिलाहरूको लागि सिन्दूर एकदमै महत्वपूर्ण र पवित्र मानिने गरिन्छ। तर शिवपुराणमा उल्लेख गरिएअनुसार सिन्दूर पनि शिवजीलाई चढाउनु हुँदैन।

More News last news
Loading...