यी राशिका व्यक्ति, जसले आफूलाई भन्दा धेरै अरुलाई माया गर्छन्

हरेक राशिका व्यक्तिको स्वभाव उनीहरुको राशिअनुुसार फरक फरक रहेको हुन्छ। हिन्दु शास्त्रका अनुसार नक्षत्र र ग्रहको असर व्यक्तिको जिन्दगीमा पर्न जान्छ।

यस्तो अवस्थामा कोही व्यक्तिको स्वभाव बढी बोल्ने खालको हुन्छ भने कुनै व्यक्तिको स्वभाव खासै अरुसँग नबोल्ने एक्लै बस्न मन पराउने खालका हुन्छन्।

Advertisement

कोही व्यक्ति अरुलाई धेरै हसाउने र आफूँ पनि धेरै हास्ने खालका हुन्छन् भने कुनै एकदमै मिठाउरे पाराले मिठो मिठो कुरा गरी माया गर्ने खालका हुन्छन्।

जान्नुहोस् कुन राशि भएका व्यक्तिले आफुलाई भन्दा धेरै अरुलाई माया गर्छन् :

वृष राशिः वृष राशि भएका व्यक्तिहरुले धेरै साथीहरु बनाउने कोसिस गर्छन्। यो राशि भएका व्यक्ति अरुसँग धेरै मिलनसार हुनु को साथै अरुलाई चोट पुग्ने तरिकाले न गलत सोच्छन् न गलत भन्छन्।

यो राशि भएका व्यक्ति शान्त, एक्लै बस्न रुचाँउछन्। यिनिहरुले आफुले चाहेँको व्यक्तिको जिन्दगीभरी साथ कहिल्यै पनि छोड्दैनन्।

कर्कट राशि : कर्कट राशि भएका व्यक्तिलाई आखाँ बन्द गरेर भरोसा गर्नसकिने खालका हुन्छन्। यिनिहरु अरुलाई सजिलै बुझ्न सक्ने हुनुका साथै सम्बन्धलाई कसरी निभाउनुपर्छ भन्ने कुरा पनि बखुभी जान्छन्।

यिनीहरुले कसैलाई धोकामा राख्दैनन् । यो राशि भएका व्यक्ति अरुको कुरालाई ध्यानमा राखेर त्यसमा आफ्नो कु्रा समावेश गर्न पनि सफल हुन्छन् । यिनीहरु कसैको पनि चियो र र्चचो नगर्ने खालका हुन्छन्।

तुला राशिः तुला राशि भएका व्यक्ति आफु र आफुसँग भएका सबैलाई खुशी राख्छन्। यिनीहरु आफ्नो मान्छेको लागी जे नि गर्न पछि पर्दैनन्।

यो राशि भएका व्यक्ति रोमांटिक हुन्छन्। यिनीहरु अरुसँग मायालु तरिकाले बस्छन् र माया गर्ने आफ्नो मान्छेलाई भगवान सरह ठान्दछन्।

वृश्चिक राशिः वृश्चिक राशि भएका व्यक्ति बढी भावुक र इमोशनल खालका हुन्छन् । यस्ता व्यक्ति अरुको भावनाको कदर गर्दछन्।

यी राशि भएका व्यक्ति आफ्नो साथीलाई दिलबाटै राम्रो मान्छन् र तिनिहरुप्रति सँधै इमान्दार हुन्छन् । यस्ता व्यक्ति आफ्नो साथीको हरेक इच्छा पूरा गर्नको लागी सँधै तत्पर भइरहन्छन्।

More News last news
Loading...