काठमाडौँ । कहिलेकाहीँ पशुपक्षी र जीवजन्तुले भविष्यमा हुनसक्ने विभिन्न किसिमका घटनाका बारेमा अवगत गराइदिन्छन्।
घरमा पाइने माउसुलीले भविष्यमा हुने धेरै घटना बताइदिन्छन्। यो वर्णन शकुन शास्त्रमा गरेको पाइन्छ। जानौं माउसुलीसँग जोडिएका शुभ तथा अशुभ कुरा :
नयाँ घरमा प्रवेश गर्ने समयमा गृहस्वामीले मरेको वा माटो लागेको माउसुली देखेमा उक्त घरमा बस्ने मानिस राेगी हुन सक्छन् । यस अपशकुनबाट बच्नका लागि पूर्ण विधिविधानका साथ पूजन गर्नुपर्छ।
माउसुलीले कामक्रीडा गरेको देख्नुभयो भने कुनै पुरानो मित्रसँग भेट हुनसक्छ। दुई माउसुली झगडा गरेको देख्नुभयो भने तपाईंको कसैसँग वैमनस्य हुन सक्छ।
दिउँसो खाना खाँदा माउसुलीको आवाज सुन्नुभयो भने छिट्टै कुनै शुभ समाचार सुन्न पाउनुहुनेछ । तर यो दुर्लभ नै हुन्छ किनकि माउसुलीहरू प्रायः रातमा मात्र आवाज निकाल्छन्।
शरीरको कुन अंगमा खस्दा के फल ?
टाउको: सम्पत्ति पाइने सम्भावना
कपाल: मृत्युको बेला भएको संकेत दाहिने
कान: गरगहना प्राप्ति देब्रे
कान: आयु वृद्धि
नाक: भाग्योदय
मुख: मीठो भोजन
दाहिने गाला: उमेर बढ्ने
देब्रे गाला: पुरानो साथी
भेट गर्दन: यशप्राप्ति
दाह्री: डरलाग्दो घटना
जुँगा: सम्मान प्राप्ति
आँखीभौं: धनहानि दाहिने
आँखा: कुनै मित्रसँग भेट
देब्रे आँखा: छिट्टै धनहानि
घाँटी: शत्रुनाश
दाहिने काँध: विजय प्राप्ति
देब्रे काँध: नयाँ शत्रु बन्ने
दाहिने हात: धनलाभ
देब्रे हात: सम्पत्ति नाश
दाहिने हत्केला: कपडा पाइन्छ
देब्रे हत्केला: धन नाश
दाहिने छाती: धेरै खुशी
देब्रे छाती: घरमा क्लेश
कमरको बीचमा: आर्थिक लाभ
पिठ्युँको दाहिने भाग: सुख
पिठ्युँको देब्रे भाग: रोग
पिठ्युँको बीच भाग: घरमा कलह
नाभि: मनोकामना पूर्ण
दाहिने जाँघ: सुख
देब्रे जाँघ: शारीरिक पीडा
दाहिने घुँडो: यात्रा
देब्रे घुँडो: बुद्धिनाश
दाहिने गोडो: ऐश्वर्य प्राप्ति
देब्रे गोडो: बिरामी
दाहिने पाइतालो: श्रीप्राप्ति
देब्रे पाइतालो: व्यापार हानि
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
