यी ४ राशिमाथि सधैँ रहन्छ लक्ष्मी माताको कृपा, हुन्छ धनसम्पतिको वर्षा

काठमाडौँ । ज्योतिष शास्त्रका अनुसार, कुल १२ राशि हुने गर्दछ। यहि राशिहरुले व्यक्तिको स्वभाव, व्यक्तित्व, सफलता-असफलता तथा जीवन गति जस्ता धेरै महत्वपूर्ण आयामका दिशा देखाउने गर्छन्।

वास्तवमा, जब कुनै व्यक्ति यस संसारमा जन्मन्छ, त्यस व्यक्तिको भाग्य त्यही समयमा निर्धारित हुने गर्दछ। ज्योतिष विद्यामा, ज्योतिषले पहिला व्यक्तिको कुण्डलीको अध्ययन गरी भविष्यवाणी गर्ने गर्छ।

Advertisement

यी१२ राशिहरु मध्ये कुनै राशि यस्ता पनि हुन्छन्, जसलाई निकै भाग्यशाली मानिन्छ। यी राशि भएका व्यक्तिहरुमा सधैँ लक्ष्मी माताको आशीर्वाद रहने गर्दछ।

यी राशि हुने व्यक्तिको जीवनमा कहिलै धनको कमि रहदैन। जन्नुहोस् कुन राशिमा लक्ष्मीको कृपा सधै रहन्छ ?

वृष राशि

यस राशिका स्वामी शुक्र ग्रह हुन्, जसको कारण यस राशिमा शुक्र ग्रहको प्रभाव पर्दछ। ज्योतिष शास्त्रमा शुक्र ग्रहलाई धन, सम्पति, ऐश्वर्य, प्रेम र विलासिताका कारक मनिन्छ।

वृष राशि हुने व्यक्तिहरुले जीवनमा सधैँ सुख र भव्यता प्राप्त गर्दछन्। यी व्यक्तिका जीवनकालमा धन कमाउने धेरै अवसर आउने गर्दछ।

कर्कट राशि
यस राशिका व्यक्तिमा सधैँ लक्ष्मी माताको कृपा रहिरहन्छ। कर्कट राशिका व्यक्तिहरुले मनले चिताएको कुरा चाडैनै प्राप्त गर्नुका साथै सधैँ भाग्यको साथ पनि रहिरहने गर्दछ।

सिंह राशि

सिंह राशिका व्यक्तिहरुमा, कुनै पनि कुराको नेतृत्व गर्न सक्ने क्षमता अत्त्यधिक हुने गर्दछ। यस राशिका मानिसहरु राजाले जस्तै आफ्नो जीवन जिउने गर्छन्। यस राशिका मानिसहरु धनको हिसाबले पनि धेरै भाग्यशाली मानिन्छ।

वृश्चिक राशि

वृश्चिक राशिला व्यक्ति निकै मेहनती र तेज बुद्धि भएका हुन्छन्। यस राशिका व्यक्तिलाई सधैँ मान(सम्मान र ऐश आरामको प्राप्ति हुने गर्दछ। यस मनिसहरु आफ्नो बुद्धि र कौशलले हरेक छेत्रमा सफलता प्राप्त गर्दछन्।

More News last news
Loading...