काठमाडौँ । मनी प्लान्टको बिरुवा घर सजाउन र शुभ संकेतको लागि राख्ने गरिन्छ।
त्यसैले घरमा पैसा भित्रिने वा शुभ दिनको लागि धेरै जसो मानिसहरु यो बिरुवा घरमा लगाउने गर्दछन्। तर यसलाई घरमा या अफिसमा वास्तुशास्त्र अनुसार राख्ने हो भने सकरात्मक नतिजा आउँन सक्दछ।
वास्तुशास्त्रको अनुसार यदि तपाइले मनी प्लान्टलाई गलत दिशामा राख्नु भएको छ भने तपाईलाई लाभ हुनुको सट्टा नोक्सान हुन थाल्दछ। यसबाट तपाइको घरको आर्थिक स्थितिमा निकै नराम्रो असर पर्न सक्छ।
त्यसैले मनी प्लान्ट राख्दा निम्न कुरामा ध्यान दिनुहोस्ः
वास्तुशास्त्र अनुसार मनी प्लान्टलाई दक्षिण पूर्वमा राख्नु राम्रो हुन्छ। किनकि यो दिशा भगवान गणेशको हो र यस दिशाको प्रतिनिधि शुक्र ग्रह हो।
मनी प्लान्टलाई ओइल्याउन दिनु हुँदैन, प्रत्यक दिन यसलाई पानी हाल्नु पर्दछ।
मनी प्लान्टलाई कहिले पनि उत्तर-पूर्व दिशामा नराख्नुहोस्, यस दिशामा राख्नाले आर्थिक नोक्सानको सम्भावना बढ्ने गर्दछ । यसको साथै सम्बन्धमा पनि नकारात्मक असर पर्ने गर्दछ।
मनी प्लान्टलाई भुईतिर झार्न अथावा फैलिन दिनु हुँदैन। यसलाई सधै घरको माथितिर फैलिन दिनु पर्दछ।
मनी प्लान्टलाईलाई कहिले पनि पूर्व-पश्चिम दिशामा राख्नु हुँदैन। मान्यता अनुसार पूर्व-पश्चिम दिशामा मनी प्लान्ट लगाउनाले पति–पत्नीको सम्बन्धमा तनाव आउने गर्दछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
